वडा सदस्यले स्थानीय युवालाई ‘गुण्डा’ भनेपछि हेटौंडा–८ मा ‘लफडा’
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ८ को वडा कार्यालयमा ‘लफडा’ भएको छ ।
वडा कार्यालयमा आएका स्थानीय युवाहरुलाई वडा सदस्य यशोधा उप्रेतीले ‘गुण्डा’ भनेपछि उनीहरु आक्रोसित बन्दै कार्यालयमा रहेको अध्यक्षको कुर्सी तोडफोड गर्दै सडकमा फालेको एक प्रत्यक्षदर्शीले बताए ।
यो पनि... ‘सरकारी सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’–मेयर महत वडाध्यक्ष श्रेष्ठ भन्छन्ः ‘एमाले र एमाले प्रतिनिधिलाई बदनाम गराउन रचिएको षड्यन्त्र’ ‘सत्ताको आडमा सरकारी सम्पत्तिमाथि तोडफोड गरियो’–पाठक ‘जनमतबाट कमजोर हुने देखिएपछि गठबन्धनको नाममा अराजक मच्याइयो’
‘स्थानीय युवाहरुले सेवामा पक्षपात भयो भनेर यसो गरेका रहेछन् । हामी बाँकी विषय बुझ्दै छौं ।’, इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक अनिश अधिकारीले भने ।
उनीहरुले वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरुपमा वेवास्ता गरेको आरोपसमेत लगाएका छन् ।
स्थानीय युवाले अध्यक्षविरुद्ध आन्दोलन गरेसँगै एमाले निकट करिब २० जना युवा प्रतिवादमा उभिएका छन् । वडा अध्यक्ष एमालेबाट निर्वाचित हुन् । लामो समयदेखि उनले सेवा प्रवाहमा पार्टीकरण गरेको आरोप लगाएका छन् ।
पछिल्लो समय स्थानीय निकायको निर्वाचन नजिकिएसँगै श्रेष्ठ अध्यक्षमा पुनः दोहोर्याउने तयारीमा छन् । उनी अहिले आफू निकटका कार्यकर्ताको निर्देशन अनुसार चलिरहेको काँग्रेस निकट युवाको आरोप छ ।







