एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएको भन्दै सशक्त प्रतिवादमा उत्रन युवा संघको निर्देशन

अखबार हब
२०७८ चैत्र ५, शनिबार ११:२२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ८ को कार्यालयमा गरिएको तोडफोडको घटनामा राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको ध्यानाकर्षण जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै वडा कार्यालयमा तोडफोड गर्ने व्यक्तिहरुको पहिचान गरी कडाभन्दा कडा कारवाहीको माग गरेको हो ।

युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीद्वारा जारी विज्ञप्तीमा स्थानीय निकायको चुनाव नजिकिदै गर्दा नेकपा एमालेप्रति जनताको आशा, भरोशा र आकषर्ण बढिरहँदा प्रतिशोध साध्न यस्तो हर्कत गरिएको बताइएको छ ।

‘सत्ताको आडमा जनताका प्रतिनिधि माथिको दुव्र्यवार, सरकारी सम्पत्तीमाथी तोडफोड गर्ने, अराजकता फैलाउने घटना प्रति राष्ट्रिय युवा संघ मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ । ’, विज्ञप्तिमा भनिएको छ ।

एमालेका विरुद्ध भैरहेको चौतर्फी घेरावन्दी र आक्रमणप्रति सशक्त प्रतिवादमा उत्रन युवा संघ निकट युवाहरुलाई निर्देशनसमेत दिइएको छ ।

हेर्नुहोस्, विज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published.


*