समाचार

पत्रकार महासंघ मकवानपुरले स्थापना गर्याे सुत्केरी प्रवर्द्धन काेष

हेटाैँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषको बिहीबार औपचारिक रूपमा शुभारम्भ गरेकाे छ । महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी   प्रवर्द्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाकाे प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो...

युवा संघले रक्तदान कार्यक्रम गर्दै

मकवानपुर । नेकपा एमाले मकवानपुर भातृ संगठन युवा संघ मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघ मकवानपुरको आयोजनामा भोलि ५ भदौमा हेटौंडाको हुप्रचौरमा रक्तदान कार्यक्रम गर्न लागिएको हो । रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गर्न लागिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले बताउनु...

मनहरीले मुख्यमन्त्रीको स्वागतसँगै तीज विशेष कार्यक्रम गर्दै

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको स्वागतसँगै तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । भोलि भदौ ४ गते गाउँपालिकाको लामिटार सभाहल प्राङ्गणमा सांस्कृतिक कार्यक्रमका साथ मुख्यमन्त्रीको स्वागत र तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ । मनहरी गाउँपालिकासमेत समेटिएको मकवानपुर क्षेत्र नम्बर...

प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

हेटौंडा । नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सदस्यता विशेष अभियान सुरु गरेको छ । सोमाबर हेटौंडामा एकसय दिने सदस्यता विशेष अभियान सुरु गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पंखा (फ्यान) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ । युनियनले एक...

लम्पीस्किन रोकथामका लागि बागमती प्रदेशमा सप्ताहव्यापी खोप अभियानसुरु

हेटौंडा । बागमती प्रदेश सरकारले लम्पीस्किन रोगविरुद्ध आज भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । प्रदेशको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलन गर्दै आजबाट अभियान सुरुहुने जानकारी दिइएको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुधन पौडेलका अनुसार खोप कार्यक्रमको औपचारिक सुरुवात...

हेटौंडामा महिनाभर श्रीकृष्ण जन्माष्टमी महोत्सव

हेटौंडा । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, प्रारम्भिक समिति हेटौंडा–४, अक्षरातित धामद्वारा हरेक वर्ष श्रावण महिनामा श्रीकृष्ण जन्माष्टमी पर्वलाई लक्षित गर्दै सञ्चालन हुने सप्ताहव्यापी धार्मिक तथा सामाजिक कार्यक्रम यस वर्ष महिनाभर सञ्चालन गरिएको छ। परिषदले यस वर्ष ७ वटा वृहद कार्यक्रमको आयोजना गरेको हो। परिषदको प्रथम कार्यक्रमअन्तर्गत श्रावण १०...

वडाध्यक्ष खनालको पढ्ने रहर, ५२ वर्षे उमेरमा स्नातक अध्यन गर्न क्याम्पस भर्ना

हेटौँडा । मनहरी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनाल ५२ वर्षको उमेरमा स्नातक अध्ययनको लागि क्याम्पस भर्ना भएका छन् । आफैँ व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयबाट गत वर्ष १२ कक्षा उत्तीर्ण गरेका खनालले मंगलबार हेटौँडा–१९ बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातक तहमा भर्ना गरेका हुन् ।...

शिखरकोटमा कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र

मकवानपुर । थाहा नगरपालिकाको शिखरकोटमा हरेक बर्ष मनाईने कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र गरिएको छ । बिगत २८ बर्षदेखि शिखरकोट बजारमा रहेका श्रीकृष्ण मन्दिर परिसरमा लाग्ने कृष्ण जन्माष्टमी मेला र घैंटो फुटाउने प्रतियोगिता ब्यवस्थित बनाउनको लागि बजार ब्यवस्थापन समिति शिखरकोट क्रियाशिल भईरहेको छ । जन्माष्टमी मेलालाई भब्य...

बागमतीका निवर्तमान वन मन्त्री सिलवालकोे बिदाई

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका निवर्तमान मन्त्री कृष्ण प्रसाद सिलवाललाई बिदाई कार्यक्रम सम्पन्न भएको छ । बिहीवार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमका बिच मन्त्री सिलवाललाई बिदाई गरिएको हो । कार्यक्रममा बागमती प्रदेश वन निर्देशनालयका निर्देशक विद्यानाथ झाले निवर्तमान मन्त्रीसँग निरन्तर समवन्य गर्दे आफू...

हेटौँडाको प्रादेशिक कृषि थोक बजार उपमहानगरपालिकालाई हस्तान्तरण

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रादेशिक कृषि थोक बजार हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ७० प्रतिशत र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण भएको आधुनिक कृषि थोक बजारको आइतबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको हो । थोक बजार गत भदौ ०८१ मा तयार...