समाचार
चन्द्रागिरिले १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नगरवासीलाई न्यूनतम रोजगारमा संलग्न गराउने
थानकोट। काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रमा रहेका न्यून आय भएका वा स्वरोजगारमा संलग्न नरहेका नगरवासीलाई रोजगारमा संलग्न गराउने भएको छ । सोमबार एक सूचना जारी गर्दै नगरले स्वरोजगारमा संलग्न नभएका बेरोजगार नागरिकले न्यूनतम रोजगारमा संलग्न हुन दखास्त आह्वान गरेको हो । आर्थिक वर्ष २०८१/०८२...
निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बजगाईं
मकवानपुर । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न संघको १३ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनले बजगाईंलाई अध्यक्षमा पुन: दोहोराएको हो । संघको उपाध्यक्षमा सुदीप तिमल्सिना ‘सन्जिव’, महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव देवकोटा र...
थाहाको जनकल्याण माविले बार्षिकोत्सव मनाउने
मकवानपुर । थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको थाहा नगरकै प्रतिष्ठित बिद्यालय जनकल्याण माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउने भएको छ । बिद्यालयले बार्षिकोत्सब समारोह समिति गठन गरी माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिन विविध कार्यक्रम सञ्चालन गरिने बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताउनुभयो ।...
हेटौंडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
मकवानपुर । हेटौंडा उपमहानगरपालिका– १७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा– १६ जुरेथुम बस्ने हरि पनेरु...
रुद्रेश्वर मन्दिरको हिसाव सार्वजनिक नगरेको भन्दै महतले गरे वडाको ध्यानाकर्षण
मकवानपुर । हेटौंडामा रहेको रुदे्रश्वर मन्दिर क्षेत्र पर्यटन विकास समितिले आफ्नो खर्च र आम्दानीको विवरण सर्वजनिक नगरेको भन्दै एक युवकले वडाको ध्यानाकर्षण गराएका छन् । सोमवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ निवासी बिशालराज महतले करिब दश वर्ष अघि गठन भइ दार्ता गरिएको रुदे्रश्वर मन्दिर क्षेत्र पर्यटन विकास समितिले हाल...
जिपको ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते
चितवन। भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन् । शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान...
सहिद सप्ताहको पहिलो दिन बुद्धपार्क उद्घाटन
मकवानपुर । हेटौंडा–११ नवलपुर स्थित सहिद स्मारकमा बुद्ध पार्क उद्घाटन गरिएको छ । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एबम सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले बुधबार पार्कको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै पौडेलले यो एउटा महत्त्वपूर्ण कार्यक्रम भएकाले सहिद दिवसको अवसरमा एकहप्ता सम्म हुने कार्यक्रममा सहभागी हुन सबैलाई...
हेटौंडामा यात्रुवाहक बस पल्टियो
मकवानपुर। हेटौंडा–६ पुतलीबजार स्थित धरात चतरा खडक खण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ । आज (बुधबार) बिहान ९ बजे फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना३ ख ५३०३ नम्बरको यात्रुवाहक बस पुतलीबजारमा पल्टिएको हो । विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिने क्रममा धरानचतरा सडकखण्ड अन्तर्गत पुतलीबजार पुल नजिकको साघुरो बाटोको कारण...
मकवानपुरकी ठुलीमाया आफ्नै घरमा मृत फेला
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ फुर्के बस्ने ठुलीमाया रुम्बा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । मंगलबार दिनको ४ बजेको समयमा अन्दाजी ५५/६० वर्षीय रुम्बा आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लास पोष्टमाटमका...
हेटौंडामा दोस्रो बृहत् शैक्षिक प्रदर्शनी हुँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा न. ४ ले आगामी माघ १२ गते दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रमले वडाभित्रका विद्यालयहरूबीच शैक्षिक प्रतिस्पर्धा गराउने र विद्यार्थीको प्रतिभा प्रदर्शनका लागि मञ्च उपलब्ध गराउने उद्देश्य राखेको छ। वडा अध्यक्ष नविन सिग्देलका अनुसार यो कार्यक्रमबाट विद्यालयहरूले गरेका...









