मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्षमा पुन: सिवाकोटी
मकवानपुर । मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्षमा दीपक सिवाकोटी पुनस् निर्वाचित भएका छन् ।
शनिबार मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यावसायीक संघको १३ औँ वार्षिक साधार सभा तथा छैटौँ अधिवेशनले सिवाकोटी सर्वसहमत निर्वाचित भएका हुन्।
त्यस्तै नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, उपाध्यक्ष केशव प्रसाद आचार्य (चितवन), उपाध्यक्ष असगर अलि हवारी ९विरगंज०,उपाध्यक्ष विशाल बखती (काठमाडौं), महासचिव रामचन्द्र लुईटेल, सचिव पुष्प मैनाली, सहसचिव जलालदिन, कोषाध्यक्ष प्रकाश बर्तोला र सदस्यमा रामप्रसाद कालाखेती,देवराज पाण्डे, गौरिकान्त पाठक,क्षेत्र सिं स्याङतान,मुराहरि प्रशाद शाह,रहमत मियाँ,कृष्णमान श्रेष्ठ,रोहन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
संघले व्यवसायी, संस्थापक आफ्नो कार्यकालमा सहयोग पुर्याएको व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि कार्यकारी निर्देशक, नेपाल आयल निगम लि. टेकुका नागेन्द्र शाह रहेको थियो भने दीपक सिवाकोटीको सभाध्यक्षमा भएको थियो।







