समाचार

बकैयामा सर्वजनिक बिदा

मकवानपुर । लदी पर्वको अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाको कार्यालय, वडा कार्यालयहरु, विद्यालयहरु, विभिन्न संघ संस्थाहरुलाई बिदा दिएको हो । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले एक सुचना जारी गर्दै लदी पर्वको अवसरमा आज सार्वजनकि बिदा दिएको जानकारी दिए । माझी समुदायको...

मनहरी–६ का वडा अध्यक्ष माथी हातपात, एक जना पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलिया माथी हातपात भएको छ । हातपात गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । साँझको समयमा वडा अध्यक्ष जोगिताल स्थित आफ्नै तरकारी बारिमा जादा उनी माथी हातपात भएको हो । मादक पदार्थ सेवन गरेर आएका युवकले वडा...

मकवानपुरको सुकौरामा सालका रुख काटेर शिवम् सिमेन्टको खानी विस्तार

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको सुकौरामा शिवम् सिमेन्ट उद्योगले जंगलका सालका रुख समेत काटेर खानी क्षेत्र बिस्तार गर्दै ओभर बडेन समेत यत्रतत्र फालेको छ । खानी बिभाग संगको संझौता बिपरित सुकौराको खोटार खानी क्षेत्रमा हरिया सालका रुख समेत एक्साभेटरले उखलेर फाल्दै जंगल सखाप बनाएर ओभरबडेन समेत त्यसै फालिएको छ ।...

राक्सिराङ्गका कृषकलाई उन्नत जातका बोयर बोका

मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाले कृषकहरुलाई ११ वटा बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बीच शुक्रबार विभिन्न वडाका ११ जना कृषकलाई ११ वटा उन्नत जातिको बोयर बोका वितरण गरिएको हो । व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका वितरण गर्दै गाउँपालिका...

ठेक्का लिएर काम नगर्ने काँग्रेस नेता इन्द्र बानियाँको फोटो टाँगेर विरोध

मकवानपुर । पुल निमार्णको ठेक्का लिएर काम नगर्ने काँग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेश सांसद इन्द्रबहादुर बानियाँको फोटोसहितको व्यानर राखेर पाँच राजनितिक दलले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार मनहरी गाउँपालिकाको विभिन्न वडामा निमार्णमको जिम्मा पाएर काम अलपत्र पार्ने बानियाँ लगाएतका ठेकेदारहरुको फोटो सहितको व्यानर राखेर पाँच राजनितिक दलले...

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)

काठमाडौ। कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक  सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो । बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि...

नक्कली नोट सहित एक जना निजगढबाट पक्राउ

बारा। बाराको निजगढ नगरपालिका-९  स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक...

सिमभञ्ज्याङमा दुई वर्षपछि बाक्लो हिमपात

मकवानपुर। मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र सिमभञ्ज्याङमा दुई वर्षपछि बाक्लो हिमपात भएको छ । हिउँ परेसँगै सिमभञ्ज्याले आन्तरिक पर्यटकलाई स्वागत गरेको छ । सिमभञ्ज्याङमा हिउँ परेसँगै चिसोले जनजीवन कष्टकर बनेको स्थानीय अमित पाख्रिनले बताएका छन् । सिमभञ्ज्याङमा खेल्न मिल्ने गरी हिउँ परेको उनले बताए । सिमभञ्ज्याङमा हिउँ परेपछि हरेक वर्ष...

पालुङ जेसीजको साईबर अपराध सम्बन्धि सचेतना

मकवानपुर । पालुङ जेसीजको बर्ष २०२४ को आयोजनामा साईबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । बिहीबार पालुङ बहुमुखी क्याम्पसमा स्नातक तहका अध्ययनरत बिद्यार्थीहरु र जेसीजका सदस्यहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको पालुङ जेसीज बर्ष २०२४का महासचिव बिक्रम गोपालीले बताए । ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरले...

उपाध्यक्षलाई अनियमितताको दोष लगाउदै पाडी काण्डबाट पन्छिदै अध्यक्ष कालाखेती (भिडियोसहित)

मकवानपुर । मनहरी गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीले पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्षलाई लगाएका छन् । गत आवको अन्तिममा अध्यक्ष कालाखेतीले पालिकामा रहेका विपन्न,अल्पसंख्य तथा सहिद परिवारको आर्थिक उपार्जनका लागि भन्दै गरेको पाडी वितरणमा भएको अनियमितताको दोष उपाध्यक्ष सिता पुलामी मगरलाई लगाउँदै आफु पन्छिन खोजेका हुन् । सोमबार मनहरी...