समाचार
१५ केजी चरेससहित भिमफेदीबाट तामाङ पक्राउ
मकवानपुर । मकवानपुरमा १५ केजी चरेससहित एक जना पक्राउ परेका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ किलो १२० ग्राम प्रतिबन्धित चरेससहित प्रशान्त तामाङ पक्राउ परेका हुन्। मंगलबार बिहान पौने ९ बजे भीमफेदी गाउँपालिका-२ स्थित भैसे चेकपोस्टमा सवारी साधनको चेकजाँच गर्दै गर्दा धादिङको गजुरी गाउँपालिकाका ३१ वर्षीय प्रशान्त तामाङको साथबाट चरेस...
नेवारपानीबाट ८४ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ८४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा बि आर ०१ बि एफ ५५८१ भारतीय नम्बरको कारबाट ८४ किलो १२० ग्राम अवैध लागुऔषध गाजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा...
बागमती प्रदेश सभा बैठक आज बस्दै
मकवानपुर। बागमती प्रदेश सभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने संभावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । यही फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरूबीचको बजेट...
अवैध भारतीय रुपैयाँ सहित हेटौंडाबाट ४ जना पक्राउ
मकवानपुर । अवैध भारतीय रुपैयाँसहित हेटौंडा–१५ रातोमाटेबाट चार जना पक्राउ परेका छन् । आज दिनको १ बजेको समयमा हेटौंडाको रातोमाटे चेक प्वाईन्टबाट ५ लाख ४९ हजार एक सय भारतीय रुपैयाँ र दुई लाख ५० हजार नेपाली रुपैँयासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ भारतीय र...
वक्तृत्वकलामा जेनिथकी अभिप्सा पौडेल प्रथम
हेटौंडा । दश जोड दुई (प्लस टु) स्तरीय वक्तृत्वकला प्रतियोगितामा जेनिथ इन्टरनेशनल माविकी छात्रा अभिप्सा पौडेल प्रथम भएकी छिन् । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्ला अदालत बार एशोसिएसन मकवानपुर र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा मकवानपुरको संयुक्त आयोजनामा भएको वक्तृत्वकलामा पौडेल प्रथम भएकी हुन् ।...
कान्तिलोकपथमा सुमो पल्टियो, १० जना घाइते
मकवानपुर । मकवानपुरको बकैयामा सुमो दुर्घटना हुदा १० जना घाइते भएका छन् । आज साझ काठमाडौंबाट हेटौंडा आउदै गरेको ना. ज २३२२ नम्बरको टाटासुमो मकवानपुरको बकैया गाउँपालिका ११ सिमात स्थित कान्तिलोकपथमा ब्रेक फेल भई पल्टिदा उक्त सुमोमा सवार १० जना यात्रु (चालक सहित) घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
३ नम्बर पुलमा बस दुर्घटना, ४ जना गम्भीर घाइते
मकवानपुर । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट बस खोलामा खसेको छ । नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा...
डीपी अर्यालः रेष्टुरेन्ट श्रमिकदेखि मन्त्रीको रुपमा दोस्रो पटक सिंहदरबारसम्म
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाेलप्रसाद (डीपी) अर्याल दोस्रो पटक मन्त्री बनेका छन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । उनको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ । उनी यस अघि पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । डीपी...
बकैयामा वडा सदस्यको बिजुलीको पोलले थिचेर मृत्यु
मकवानपुर । बिजुलीको पोलले थिचेर एक वडा सदस्यको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङ बिजुलीको पोलले थिचेर मृत्यु भएको हो । मंगलबार दिउँसो घर अगाडि बिजुलीको पोलले थिचेर गम्भीर घाइते भएका तितुङको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो। घटनास्थल...
प्रदेशका १५ लाख ९४ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १५ लाख ९४ हजार भेडा बाख्रालाई पीपीआर खोप लगाउने भएको छ। यही फागुन १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी भेडा बाख्रालाई पीपीआर रोगका विरुद्ध खोप लगाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले जानकारी दिए। मन्त्रालयका अनुसार...










