समाचार
मकवानपुरगढीका हाकीमको बदमासी, आफ्नो पाहुनाले खाएको रक्सीको बिल पालिकाबाट भुक्तानी
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले आफ्नो पाहुनासँग होटलमा बसी खाएको पैसा गाउँपालिकाको कार्यालयबाट भुक्तानी गराएको खुलेको छ । गत असोजमा मकवानपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिृकतको रुपमा सरुवा भई आएका कार्कीले पुसमा आफ्नो पाहुनालाई हेटौंडाको होटलमा राखी खुवाएको मादक पदार्थ, खाना लगायतको बिल गाउँपालिकाबाट अतिथि...
आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ
मकवानपुर। मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । गत फागुन ३० गते बिहान करिब १०ः०० बजे घरको...
पालुङ जेसीजको उद्घोषण तालिम सम्पन्न
मकवानपुर । पालुङ जेसीज बर्ष २०२४ को आयोजना प्रभावकारी उद्घोषण तालिम सम्पन्न भएको छ । शनिबार मकवानपुरको थाहा नगरपालिकामा भएको तालिममा लालीगुरासँ महिला बहुउद्देश्यीय सहकारी थाहा १, महिला जगृति उत्थान बचत तथा ऋण सहकारी थाहा–६ का सदस्य तथा पदाधिकारी तथा पालुङ जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।...
प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका उप्रेती
मकवानपुर । बागमती प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन कृष्ण उप्रेती सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको बागमती प्रदेश जुडो संघको प्रथम साधारणसभाले उप्रेततीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नुवाकोटकी राधिका देबी पौडेल, रामेछापका लाल बहादुर थापा मगर चयन भएका छन्...
निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
मकवानपुर । निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने भएको छ । हेटौंडामा शुक्रबार र शनिबार सञ्चालन हुने महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ । निर्माण व्यवसायी संघ मकवानपुरका आतिथ्यतामा हुन लागेको वार्षिक साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । कार्यक्रममा...
मेची महाकाली दौडको टोलीलाई हेटौंडामा स्वागत सम्मान
हेटाैंडा । मेची महाकाली सचेतना दौड अभियानको टोलीलाई हेटौंडामा स्वागत गरिएको छ । बुधवारे जेसिजसँगको समन्वयमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सुरु भएको सचेतना दौडमा सहभागी टोलीलाई नगर खेलकुद विकास समिति हेटौंडाले स्वागत गरेको हो । दौड अभियानको टोली आठौं दिनमा हेटौंडा आइपुगेको हो । बुद्धशान्ति...
मकवानपुरगढीमा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाईते
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । मंगलबार साँझ मकवानपुरगढी गाउँपालिका-७ नर्सिङ डाँडास्थित भित्रि सडकखण्डमा सुकौराबाट नर्सिङ डाँडातर्फ बिरामी पुर्याइ फर्कने क्रममा बा.प्र.०१-००३ झ ५८०६ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको प्रहरीले जनाएको...
विद्युतको लाइन सर्ट भएर नारायणी कलेजमा आगलागी
मकवानपुर । विद्युतको लाइन सर्ट भएर हेटौंडाको नारायणी कलेजमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका- १०, स्थित तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगो हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आज साँझ ५ बजेर २५...
मनहरीमा सालनालसहितको शिशु मृत फेला
मकवानपुर । मकवानपुरको मनहरी खोला नजिकै सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । मंगलबार बिहान जिल्लाको मनहरी गाउँपालिका-७ रमौली बांगेटोलस्थित मनहरी खोला नजिकै सालनालसहितको नवजात शिशु मृत फेला परेको हो । २/३ दिन अघि जन्मिएको जस्तो देखिने सालनाल सहितको नवजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको जिल्ला...
बकैयामा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ गोठखोला स्थित धरान९चतरा सडक खण्डमा कारको ठक्करबाट घाइते भएका साइकल यात्रीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । हात्तिसुडेबाट गरगरे तर्फ आउदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नंबरको कारले गरगरेबाट हात्तिसुडे तर्फ जादै गरेको साइकललाई ठक्कर दिदा साईकल यात्री स्थानीय ११...










