पालुङ जेसीजको उद्घोषण तालिम सम्पन्न

अखबार हब
२०८० चैत्र १८, आईतवार १४:११

मकवानपुर । पालुङ जेसीज बर्ष २०२४ को आयोजना प्रभावकारी उद्घोषण तालिम सम्पन्न भएको छ ।

शनिबार मकवानपुरको थाहा नगरपालिकामा भएको तालिममा लालीगुरासँ महिला बहुउद्देश्यीय सहकारी थाहा १, महिला जगृति उत्थान बचत तथा ऋण सहकारी थाहा–६ का सदस्य तथा पदाधिकारी तथा पालुङ जेसीजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिमलाई पालुङ जेसीजका बर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान र भूमिराज अवस्थीले सहजिकरण गरेका थिए ।

पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्ष्तामा भएको तालिम कार्यक्रममा थाहा नगरपालिका वडा नं.६ का अध्यक्ष राजनभक्त श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

उपाध्यक्ष बिराज थापाको संयोजकत्वमा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष नारायण तामाङले स्वागत गरेका थिए ।

तालिम कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष जयराम खत्री, नवराज लामा, मनोज रायमाझी लगायतको आतिथ्यता रहेको थियो । तालिम कार्यक्रममा ३३ जना सहभागी भएको उपाध्यक्ष स्मिता बिष्टले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*