समाचार
करेन्ट लगाएर माछा मार्न खोज्दा बकैयामा युवकको मृत्यु
हेटौंडा । करेन्ट लगाएर खोलामा माछा मार्न खोज्दा एक युवकको बिहीबार मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुढे जीतदमारका २४ वर्षीय विजय थिङको करेन्ट लागेर मृत्यु भएको हो । बकैया गाउँपालिकाको स्थानीय च्याउच्याउ खोलामा विद्युत्को तारबाट हुक लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर विजय घाइते भएका थिए। उनलाई...
वनलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री केसी
हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग र उत्पादनसँग जोड्नु पर्ने बताउनुभएको छ । बुधबार मकवानपुरको बागमती गाउँपालिका स्थित राइगाउँ र फापरबारीमा दुईवटा सब डिभिजन बन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै उहाँले वन क्षेत्रको प्रयोग मार्फत आर्थिक उपार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले हिजो हरियो...
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटा निर्देशन
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिनुभएको छ। उहाँले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक...
बागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाई लगाइयो लम्पी स्किनविरुद्धको खोप
हेटौंडा । बागमती प्रदेशमा लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाईएको छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट...
हेटौंडामा २१२ केजी गाँजा बरामद
हेटौँडा । मकवानपुर प्रहरीले सोमबार बिहान २१२ केजी गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ । हेटौँडा उपमहानगरपालिका–३ च्यानडाँडास्थित जंगलबाट प्रहरीले २ सय १२ केजी ८६० ग्राम गाँजा बिहान १ बजे बरामद गरेको हो । उक्त बाटो भएर गाँजा ल्याउँदै छ भन्ने प्रहरीलाई स्थानीयवासीबाट जानकारी पाएपछि बसामाडी लेवटबाट प्रहरीले च्यानडाँडास्थित...
मनहरीको बाटो नक्साङ्कनमा स्थानीयको असन्तुष्टि
हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका–१ मा भइरहेको बाटो नक्साङ्कन कार्यप्रति स्थानीय बासिन्दा असन्तुष्ट बनेका छन् । आइतबार उक्त बिषयमा मनहरी गाउँपालिका–१ सचीव र सम्पूर्ण टोल विकाससमितिका प्रतिनिधिहरुलाई वडाका नागरिकहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रभावित नागरिकहरूले मनपरी र अदूरदर्शी ढङ्गले काम भइरहेको भन्दै ध्यानाकर्षण पत्रमार्फत तत्काल सुधारको माग गरेका छन्...
एक महिनाभित्रै लाइसेन्स वितरणको तयारीमा बागमती प्रदेश सरकार
हेटौँडा । बागमती प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापेर वितरणको तयारी गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रतिघण्टा ७ सय ५० लाइसेन्स छाप्न सक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर मेसिन खरिद भइसकेको छ र एक महिनाभित्रै सेवा सुरु हुनेछ। मन्त्री थापाका...
वृद्धवृद्धा र अशक्त खोज्दै अर्को जिल्ला र पालिका पुगे वडाध्यक्ष वाइबा
हेटौँडा । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उत्तम वाइबा आफ्ना वडाबासी खोज्दै चितवन पुगेका छन् । आर्थिक वर्षको शुरुवातमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाबासीको विवरण अद्यावधिक गर्न सेवाग्राही खोज्दै वडाध्यक्ष गाउँबस्ती, छिमेकी पालिका हुँदै छिमेकी जिल्लासम्म पुगेका हुन् । राक्सिराङ गाउँपालिकाका वासिन्दा बसार्ईं सरेर...
ज्येष्ठ नागरिकलाई प्रेस चौतारी मकवानपुरको सहयोग
हेटौडा । प्रेस चौतारी नेपाल मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिका–१५, स्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा पुगेर ज्येष्ठ आमाबुबासँग भेटघाट गरेको छ । आश्रममा रहेका आमाहरुलाई धोती र सबै ज्येष्ठ नागरिकलाई फलफूल उपलब्ध गराउँदै चौतारीका पदाधिकारी र सदस्यहरुले अन्तरक्रिया पनि गरेका छन् । ‘यो त भेट्ने सानो बहाना मात्रै हो,...
बाघझोरा खोलाको दिर्घकालीन समाधान खोज्न भौतिक मन्त्रीलाई सांसद बतौलाको आग्रह
हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौलाले त्रिभुवन राजमार्ग अन्तर्गत हेटौंडा–भैसे सडक खण्डमा पर्ने बाघझोरा खोलाको बारम्बारको समस्या समाधानका लागि उच्च तहमा पहल गरेका छन्। सोमबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहाल र मन्त्रालयका सचिव केशव कुमार शर्मालाई भेटी ज्ञापनपत्र बुझाउँदै बाघझोरा खोलाले निम्त्याइरहने...










