समाचार

भीमफेदीका कैदी बन्दीलाई खसी र खाद्यान्न

हेटौँडा । मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदी बन्दीलाई मनहरी गाउँपालिकाले दसैँ मनाउन लागि खसी र खाद्यान्न सहयोग उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधिहरूको उपस्थितिमा आइतबार कारागार प्रशासनलाई खसी र खाद्यान्न सामाग्री उपलब्ध गराइएको हो । गाउँपालिकाले कारागारलाई २ वटा खसी, ७ बोरा चामल,...

सहकारी अस्पतालमा मकवानपुरका पत्रकारको नि:शुल्क उपचार

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध सबै सदस्यहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर र सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौँडा–१ मा रहेको सहकारी अस्पतालबिच शनिबार तीन वर्षका लागि पत्रकारहरूको स्वास्थ्य परीक्षण तथा उपचार निःशुल्क गर्ने सम्झौता भएको हो । नेपाल पत्रकार महासंघ...

भवन आगोलागीबाट ध्वस्त भएपछि, कृषि मन्त्रालयको काम निर्देशनालयको भवनबाट सुरु

हेटौंडा । जेन–जी आन्दोलनको क्रममा भएको आगजनीबाट भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि केही समय रोकिएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कामकाज अस्थायी रुपमा पुनः सुरु भएको छ। भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीले हेटौंडा–१ चौकीटोलस्थित मन्त्रालयको भवनमा आगजनी गरेका थिए। आगलागीबाट भवन पूर्णरुपमा नोक्सान भएपछि मन्त्रालयको सम्पूर्ण काम...

हेटौंडामा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको स्मृतिमा दीप प्रज्ज्वलन

मकवानपुर । भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण सहिदहरूको स्मृतिमा हेटौंडाको बुद्धचोकमा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । डिस्ट्रीक ३२५ एस नेपाल, एरिया–२ अन्तर्गतका लायन तथा लियोहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलनसहित भावपूर्ण श्रद्धाञ्जली...

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका...

संविधानको धारा–६१ अनुसार शुसिला कार्की मुलुकको प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् । नेपालको संविधानको धारा–६१ मा...

क्षतिको दाबी भुक्तानी छिटो फर्छ्यौट गर्न बिमा प्राधिकरणको निर्देशन

काठमाडौं । बिमा प्राधिकरणले बिहीबार निर्देशन जारी गर्दै परेका दाबी छिटो फर्छ्यौट गर्न र दाबीको तथ्यांक आफूलाई पठाउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । ‘यही भदौ २३ देखि उत्पन्न असहज परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई दृष्टिगत गर्दै त्यसबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज...

जेनजी प्रदर्शन: १९ जनाको मृत्यु

काठमाडौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट...

निजामती सेवा दिवसको अवसरमा ब्लु बुक नवीकरण सेवा सुरु

ललितपुर । २२औं निजामती सेवा दिवसको अवसरमा सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुना ललितपुरबाट दुई पाङ्ग्रे सवारीसाधनको सवारी किताब (ब्लु बुक) नवीकरण सेवा सुरु गरिएको छ। आइतबार आयोजित कार्यक्रमका बीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापाले उक्त सेवाको उद्घाटन गर्नुभयो। सेवाको शुभारम्भ गर्दै मन्त्री थापाले यातायात...

हरिसिद्धी–गोदावरी सडक दुर्घटना: मन्त्री र बालिका पक्षबीच मिलापत्र

ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी-गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भए । त्यसलगत्तै मन्त्री राना आफैँ ११ वर्षीया घाइतेलाई भेट्न...