समाचार
काम सकेको दुई वर्षपछि मुख्यमन्त्री बानियाँले गरे चित्लाङ भ्युटावरको उद्घाटन
हेटौँडा। निर्माण सम्पन्न भएको दुई वर्षपछि थाहा नगरपालिकाको चित्लाङमा निर्माण गरिएको भ्युटावर उद्घाटन गरिएको छ । स्थानीय तहले सञ्चालन तथा व्यवस्थापन गर्नेगरी बागमती प्रदेश सरकारले निर्माण गरेको सो भ्युटावर बुधबार उद्घाटन गरिएको हो । विगतमा सञ्चालन कार्यविधि तथा स्थानीय तह र प्रदेश सरकार बिचको सहमति मिल्न नसक्दा भ्युटावर तथा...
लागुऔषधसहित मकवानपुरबाट दुई युवक पक्राउ
हेटौँडा। मकवानपुर प्रहरीले इन्द्रसरोवर गाउँपालिकाबाट लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट परोहा नगरपालिका–६ का २३ वर्षीय शेख महफुल आलम र सोही स्थानका २० वर्षीय शाहिल शेख रहेका छन्। हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित खानीखेत प्रहरी चौकीबाट खटिएको प्रहरीले हेटौडाबाट काठमाडौंतर्फ गइरहेको बा ५१ प २२०९...
आगोले पोलेर मकवानपुरमा पाँच वर्षीया बालिका घाइते
हेटौंडा । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा पाँच वर्षीया बालिका घाइते भएकी छन्। चितवन राप्ती नगरपालिका–१ लोथर घर भई हाल मकवानपुर बकैया गाउँपालिका–८ शिशिर दमार बसोबास गर्दै आएका रमेश फुयालको कुखुरा फार्ममा काम गर्ने दिलबहादुर प्रजाकी करिब ५ वर्षीया छोरी सोनिया प्रजा फार्मको कम्पाउण्डभित्र आगो तापेर बस्ने क्रममा...
सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज
काठमाडौं । सरकारले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...
ग्याँस व्यवसायी संघद्वारा विनोदमान श्रेष्ठ सम्मानित
हेटौंडा । मकवानपुर ग्यास व्यवसायी संघद्वारा विनोदमान श्रेष्ठ सम्मानित भएका छन् । सोमबार हेटौंडामा सम्पन्न संघको १३औं साधारणसभाले श्रेष्ठलाई ग्यास व्यवसायीको क्षेत्रमा योगदानका पुर्याएको भन्दै सम्मान गरेको हो । चतुरबहादुर तामाङ (नवीन) को अध्यक्षतामा सम्पन्न साधारणसभामा ग्याँस विक्रेता महासंघका केन्द्रीय सल्लाहकार दिलिश गोविन्द जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।...
कृषिमा दृष्टिकोण परिवर्तन र युवा आकर्षण आवश्यक: मन्त्री पौडेल
हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि कर्मलाई युवामाझ लैजान नसकिएको भन्दै कृषि प्रतिको दृष्टिकोण फेर्न जरुरी रहेको बताउनुभएको छ । कृषि उत्पादन भए पनि त्यसको प्रभावकारी बजारीकरण गर्न नसकिएको चुनौती औँल्याउँदै मन्त्री पौडेलले उत्पादन बढाउनुभन्दा पनि उत्पादित वस्तुको ब्राण्डिङमा जोड दिनुपर्ने धारणा राख्नुभयो...
हेटौँडा सडक विस्तार सुरु: अटेरी गरेपछि डोजर चल्यो
हेटौँडा । लामो समयदेखि विवादित बनेको हेटौँडाको सडक विस्तार योजना अन्ततः शनिवारबाट सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले स्थानीय प्रशासन र बाक्लो सुरक्षाकर्मीको सहयोगमा मुख्य बजार क्षेत्रका अतिक्रमित घर तथा टहराहरू भत्काउन थालेको हो। कार्यालयले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म...
हेटौंडा उपमहानगर कार्यपालिका बैठक कांग्रेस र एकीकृत समाजवादीद्वारा बहिष्कार
हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कांग्रेस र एकीकृत समाजवादी (एस) बाट निर्वाचित जनप्रतिनिधिहरूले उपमहानगरको कार्यपालिका बैठक बहिष्कार गरेका छन्। मेयर मीनाकुमारी लामाले अघिल्लो बैठकमा आफूहरूलाई धारणा राख्ने समय नदिएको भन्दै उनीहरूले बुधबार बिहानका लागि बोलाइएको बैठकमा सहभागी नभएका हुन्। बुधबार बिहान ८ बजेका लागि तय भएको कार्यपालिका बैठकमा उपमेयर राजेशकुमार...
तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक
हेटाैँडा। मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतकाे रकमबाट विद्यार्थीलाई विद्यालय पाेसाक सहयाेग गरेका छन् । मनहरी-४ मा रहेकाे २३ जना विपन्न तथा दलित विद्यार्थीलाई साेमबार पाेसाक हस्तान्तरण गरिएकाे हाे । विद्यालयकाे स्वर्ण महाेत्सव कार्यक्रम उद्घाटनकाबीच अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरकाे पाेसाक वितरण गरेका हुन्...
जिल्ला स्तरिय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनलाई
हेटौंडा । नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा माबि, आमभन्ज्याङ्गको ब्यबस्थापनमा शुक्रबारबाट आयोजित जिल्ला स्तरिय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनले जितेको छ । आज भएको फाइनल खेलमा जिएस निकेतनले शारदा माबिलाई २०-२५, २५-२३, २५-२०, २५-१७ ले पराजित गर्दै उपाधी जितेको हो ।...










