समाचार

कुलमान बर्खास्तीको विरुद्ध हेटौंडामा टुकी जुलुस, पुत्ला दहन रोक्न खोज्दा इन्स्पेक्टर घाइते

हेटौंडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा नेकपा (माओवादी) को युवा संगठन वाइसीएल मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ। मङ्गलबार साँझ आयोजित टुकी बत्ती सहितको जुलुसले नगर परिक्रमा गर्दै सरकारविरुद्ध नाराबाजी गरेको थियो। विरोध प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका...

नवनिर्वाचित स्ववियुलाई सम्मान, लोकप्रिय र विश्वासिलो बनाउनुपर्नेमा जोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-४ नम्बर वडा कार्यालयले हेटौंडा नगरभित्रका सामुदायिक क्याम्पसहरूका नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरूलाई बधाई एवं सम्मान गरेको छ। सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले स्ववियुले शैक्षिक गुणस्तर वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने र विद्यार्थीहरूबीच लोकप्रिय तथा विश्वासिलो संस्था बनाउनुपर्नेमा जोड दिएका छन् ।...

हरिगोपालको पुष्पव्यवासयमा सहकारीको देन

कुनै बेला घर तथा अफिसमा सजाइएका फूल र फलकाबोट विरुवाहरु हेर्दा आकर्षक तर प्लाष्टिक, रवर, फाइबर लगायतले बनाएर सजाइएको भेटिन्थ्यो । यस्तो किन नक्कली भन्ने प्रश्नमा सबैको एकै खालको जवाफआउने गर्दथ्यो,बोट विरुवाहुकाउनै गाह्रो, खर्च पनि बढी लाग्ने अनिसिजन अनुसारको बोटविरुवा जोह गर्न नै गाह्रो । तर,अचेल प्राकृतिक सौन्दर्ययले भरिपूर्ण...

स्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा चौलागाईं

हेटौंडा । नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको अध्यक्षमा उत्सव चौलागाईं चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको चौथो अधिवेशनले चौलागाईंको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा लक्ष्मी पौडेल, सानी मोक्तान, सचिवमा हिरा तामाङ्, कोषाध्यक्षमा समाधि बल, उपसचिवमा सविता...

भीमफेदीबाट श्रमिकलाई कोषमा आबद्ध गराउन सिक्दै काठमाडौंदेखि भरतपुर महानगर

हेटौंडा । अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया र यसको अवस्थाका बारे सिक्न ६ वटा पालिका भीमफेदी गाउँपालिका आइपुगेका छन । अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउने प्रक्रिया काठमाडौं महानगरपालिकादेखि चितवनको भरतपुर महानगरपालिकासम्म गरि ६ वटा पालिकाको जनप्रतिनिधि र कर्मचारीको टोलीले भीमफेदीबाट बुझेका हुन् । अनौपचारिक...

सहकारीमा लगानीप्रतिको विश्वास

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको एउटा सानो किराना पसल। झट्ट हेर्दा सामान्य लाग्ने यो पसल डेढ दशकदेखिको मेहनत, इमान्दारी र दूरदृष्टिको कथाको साक्षी हो। रसुवाको कालिका गाउँपालिका–४, धुसेनीका केशब देवकोटाले यही पसलबाट आफ्नो जीवनको नयाँ यात्रा सुरु गरे । १५ वर्षअघि, काठमाडौं आएका केशब देवकोटासँग ठूलो पूँजी थिएन। उनले...

मकवानपुरमा एसईई परीक्षा सुरु, ७ हजार ४५६ विद्यार्थी सहभागी

हेटौंडा । देशभर आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत मकवानपुरमा ७ हजार ४५६ विद्यार्थी सहभागी हुँदैछन्। शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुविद गिरीका अनुसार यस वर्ष जिल्लामा २८ परीक्षा केन्द्र तोकिएका छन्। गत वर्ष २६ परीक्षा केन्द्र रहेका मकवानपुरमा यस पटक कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र...

हेटौंडा क्याम्पसमा अनेरास्ववियुका मैनाली निर्वाचित

हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा अभि मैनाली निर्वाचित भएका छन् । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन्...

अपाङ्ग र विपन्नको सहयोगी बन्दै सहकारी

दोलखा । चाड पर्वमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले अभियानलाई सार्थक बनाउँदै भीमेश्वर नगरपालिकाका ९ वटै वडाका असहाय व्यक्ति तथा परिवारलाई खाद्यन्न सहयोग वितरण गर्दै आएको छ । ९ वटै वडाले सिफारिस गरेका ३/३ जना गरी २७ जना व्यक्तिलाई सम्बन्धित वडाको पायक पर्ने स्थानमा पुगी...

हेटौंडामा ब्युटिपार्लर तालिम शुरु

हेटौंडा । मकवानपुरको हेटौंडामा ३९० घण्टा आधारभूत ब्युटिपार्लर तालिम आज सोमबारबाट शुरु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी) र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो । सूर्यमणि प्राविधिक शिक्षालय प्रा.लि.को आयोजनामा शुरु भएको तालिममा...