समाचार
मकवानपुरगढीमा चितुवा र बाघको आतंक, स्थानीय त्रसित
हेटौंडा । मकवानपुरको मकवानपुरगढी क्षेत्रमा चितुवा र बाघ देखापरेपछि स्थानीयवासी त्रसित बनेका छन्। डिभिजन वन कार्यालय मकवानपुरले केही दिनदेखि सतर्क रहन आग्रह गरिरहेको अवस्थामा पछिल्लो घटनाले स्थानीय त्रसित बनेको हो । बिहीबार साँझ मकवानपुरगढी-३ का स्थानीय विशाल लुङ्वा चितुवाको आक्रमणबाट बचेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू मोटरसाइकलमा घर फर्कने...
मिलन दंगाल हत्यामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १६, चिसापानीका ३८ बर्षिय मिलन दंगालको हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेको छ । मकवानपुर प्रहरीले बिहिबार उनीहरुलाई पक्राउ गरेको हो । मकवानपुरको बागमती गाउँपालिका–८, भुवनचुली देउडीभञ्जाङमा बुधबार बिहान करिब ७ बजेको समयमा दंगाल मृत अवस्थामा फेला परेको थियो । पक्राउ पर्नेहरुमा...
डडेलो हेर्न गएका भीमफेदीका पाख्रिनको आगोले जलेर मृत्यु
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका – १ नयाँगाउँ स्थित वनमा लागेको डडेलो हेर्न गएका एक जना पुरुषको मृत्यु भएको छ । बुधबार बेलुका ११ बजेको समयमा घर नजिकको वनमा लागेको डडेलो गोठमा लाग्ने डरले डडेलो हेर्न गएका भीमफेदी- १ नयाँगाउँका ४९ बर्षिय अकिलबहादुर पाख्रिनको डडेलोको आगोले जलेर मृत्यु भएको...
इन्द्रसरोवरमा सुमो दुर्घटना, ३ जना गम्भीर घाइते
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -२ बतासेस्थित भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकखण्डमा सुमो दुर्घटना भएको छ । बुधबार दिउँसो ३:५५ बजे रौतहटको गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ५४८५ नम्बरको सुमोको ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर सुमो दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...
मकवानपुरको भुवनचुलीमा एक व्यक्तिको मृत्यु
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८, भुवनचुली देउडीभञ्जाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। आज बिहान करिब ७ बजेको समयमा उक्त स्थानमा एक व्यक्ति मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको हो । भुवनचुली देउडीभञ्जाङबाट करिब ४०–५० मिटर तल मदनभण्डारी लोकमार्गको दायाँ साइडको नालामा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१६, चिसापानी निवासी...
आर्थिक रुपान्तरणमा सहकारीको योगदान महत्वपूर्णः प्रदेश प्रमुख देवकोटा
हेटौंडा। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मी, सहकारी अभियन्ता र सहकारीमा संलग्न सबैलाई शुभकामना व्यक्त गर्नु भएको छ । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा उहाँले सहकारी क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा ठूलो योगदान रहेको बताउनु...
हेटौंडामा निर्वाचन प्रकृया सम्बन्धि अनुशिक्षण
हेटौंडा । टोल विकास संस्था नगर समन्वय समितीको आयोजनामा निर्वाचन प्रकृया सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । टोल विकास संस्था नगर समन्वय समितीका पदाधिकारी, सदस्यहरु एवम् वडा समन्वय समितीका संयोजकहरुको लागि हेटौंडामा अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता...
लागूऔषध तस्करले लुटेको मकवानपुर प्रहरीको पेस्तोल जंगलमा भेटियो
हेटौंडा। मकवानपुरको विकट कैलाश गाउँपालिकामा लागूऔषध तस्करीको टोलीले लुटेको प्रहरीको पेस्तोल भेटिएको छ । कैलाश गाउँपालिकाको ६ नम्बर वडाको दुम्सीखर्चको जंगलमा सोमबार दिउसो लुटिएको ७ राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल १ नम्बर वडाको बोल्नेलेकको जंगलमा आज बिहान १० बजे भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए...
मकवानपुरमा लागुऔषध कारोबारीले लुटे प्रहरीको पेस्तोल
हेटौंडा । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका हुन् । गएराती देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भएपनि हतियार अझै फेला...
मकवानपुरमा दहमा डुबेर ३ बालकको मृत्यु
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु भएको छ । काभ्रे घर भई सिस्नेरीस्थित मामाघरमा आएका दुई बालक र सिस्नेरी डोडारेका एक बालक गरी ३ जनाको सिस्नेरी बजार पछाडिको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सोमबार दिउँसो करिब साढे ४ बजे उनीहरूको...










