समाचार

बकैया दुर्घटना अपडेटः ५ जनाको अवस्था गम्भीर (घाइतेको नामावलीसहित)

हेटौंडा । गए राति मकवानपुरको बकैया गाउँपालिका-३, चिसापानीमा भएको बस दुर्घटनामा परि ३० जना घाइते भएका छन् भने ५ को अवस्था गम्भीर रहेको छ । मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषकहरुको भ्रमणबाट फर्कने क्रममा बसमा सबार ३० जना घाइते...

भीमफेदीका अगुवा कृषक भ्रमणको बस बकैयामा दुर्घटना

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमणमा गइरहेको बस दुर्घटनामा परेको छ। बुधबार राति करिब ९:३० बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस सडकको घुम्तीमा अचानक अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनाको खबर...

दिवंगत पत्रकार सुरेश रजकको सम्झनामा हेटौंडामा दीप प्रज्वलन

हेटौंडा । काठमाडौंको तीनकुनेमा चैत्र १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै हेटौंडामा दीप प्रज्वलन गरिएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा बुधबार हेटौंडाको बुद्धचोकमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मकवानपुरका सञ्चारकर्मी, महासंघका पदाधिकारी तथा...

लागुऔषध खैरो हेरोइनसहित हेटौंडाबाट दुई युवा पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडामा लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका –१९ मौवाटारस्थित सुजिता गुरागाईको घरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–१३ ठुलोथलीका २१ वर्षीय हरसित राज मुक्तान र राक्सीराङ...

पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष सारुलाई पीतृशोक

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरलाई पीतृशोक परेको छ । सारुका बुबा ५४ वर्षीय सुर्ज थापा मगरको सोमबार दिउँसो १२ बजेर २० मिनेटको समयमा निधन भएको हो । अटो चालक बुबाको आइतबार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । आईतबार दिउँसो २ बजेर...

घरबाटै पक्राउ परे रवि लामिछान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उनको निवास बुढानीलकण्ठमा...

ममाथि ठूलो अन्याय भएको छ, आजै गिरफ्तारी दिँदैछु: लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजै गिरफ्तारी दिन लागेको बताएका छन् । उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो । ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले...

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए । न्यायाधीशद्वय रमेश ढकाल...

जङ्गलमा लागेको आगोको झिल्काले राक्सिराङका थिङको घर जल्यो

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ४ तार्सिङकोट स्थित जङ्गलमा लागेको आगोको झिल्काले स्थानिय राम बहादुर थिङको घरमा आगोलागी भएको छ । शुक्राबार बिहान ११:३० बजेको समयमा हावाहुरीको कारण आगोको झिल्काले जङ्गल नजिकै रहेको राम बहादुर थिङको १ तल्ले खरले छाएको कच्चि घरमा लागोलागि हुँदा घर पूर्ण रुपमा...

लागुऔषधसहित हेटौंडाका तीन युवा पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको प्रहरी टोलिले लागुऔषधसहित हेटौंडा तीन जना युवालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका वडा नं ७ घर भई नेपालचोक स्थित डेरा गरी बस्ने वर्ष ३४ को दिनेश गोले सोहि...