समाचार
पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न पत्रकार महासंघको माग
हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई अविलम्ब कारबाही गर्न माग गरेको छ। महासंघले हिंसात्मक घटनाका दोषीहरूलाई कानुनी कठघरामा ल्याउन, सञ्चारगृह तथा सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइते पत्रकारहरूको उपचार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको हो । पत्रकार महासंघ बागमती...
हेटौंडादेखि सौराहासम्म साइकल यात्रा
हेटौंडा । स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘राइड हेटौंडा टु सौराहा– २०८२’ साइकल यात्रा आगामी वैशाख १२ र १३ गते आयोजना हुने भएको छ। साइकल सिटी हेटौंडाको मुख्य आयोजनामा हुने उक्त कार्यक्रमबारे आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय र आर्थिक...
पत्रकारको हत्या र प्रेसमाथि आक्रमणको विरोध स्वरुप हेटौंडामा प्रदर्शन
हेटौंडा । काठमाडौंको तिनकुनेमा पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणमा संलग्न भएकालाई कारबारही गर्न माग गरिएको छ । पत्रकार सुरेश रजकको मृत्यु नभएर पूर्व राजावादीहरुले जलाएर हत्या गरेको भन्दै हेटौँडामा शनिबार आयोजित कार्यक्रममा पत्रकार र नागरिक समाजका अगुवाहरु उक्त घटनाको निन्दा र घटनामा संलग्न दोषीरुलाई कारबाहीको माग गरेका हुन् ।...
६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा मनाइने
हेटौंडा । “मर्यादित सहकारीः समुन्नत समाज” भन्ने नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशमा भव्य रूपमा मनाइने भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश सहकारी विकास बोर्ड, मकवानपुर जिल्ला सहकारी संघ र विषयगत सहकारी संघसंस्थाहरूको समन्वयमा विभिन्न कार्यक्रमसहित दिवस मनाउने तयारी गरिएको छ। दिवसको मूल...
लियो जिल्ला परिषद उपाध्यक्षमा पृथ्वीको उम्मेदवारी
हेटौंडा । नेपाल लियो जिल्ला परिषद उपाध्यक्ष पदमा पृथ्वी नेपालले उम्मेदवारी दिएका छन् । आगामी बैशाख ६ गते हुने नेपाल लियो जिल्ला परिषद ३२५ एस नेपाल को २०२५/०२६ कार्यकालका लागि उपाध्यक्ष पदमा नेपालले आफ्नो उम्मेदवारी दिएका हुन् । विगत एक दशकदेखि सामाजिक कार्यमा सक्रिय लियो क्लबमा आवद्ध रहेका हेटौंडाका...
मनहरीमा बस र म्याजिक ठोक्किँदा चालकको मृत्यु
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र म्याजिक गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा म्याजिक गाडीका...
हेटौंडामा देवरले गरे भाउजुको हत्या, दाइ घाइते
हेटौंडा । हेटौंडा-१, चौकीटोलमा देवरले भाउजुको हत्या गरेको छ । २२ वर्षीय राहुल दासले बुधबार आफ्नी जेठी भाउजु ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राहुलले माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइते...
मकवानपुरको धेत्रेदमारमा झोलुङ्गे पुल निर्माणभएपछि विद्यालय आवतजावत सहज
हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेत्रेदमारको सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यालय आवतजावत सहज भएको छ । बर्खायामको समयमा पुल नहुँदा सिमात खोलामा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यता हटेपछि काला भैरव प्राथमिक विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी खुसी भएका हुन् । बकैया गाउँपालिकाको प्राविधिक, चाइल्ड रेसक्यू नेपालको आर्थिक...
हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प
काठमाडौं। हुम्ला जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का महसुस हुम्ला र आसपासका जिल्लामा भएको छ।हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको अध्यक्षमा अधिकारी
हेटौंडा । मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको अध्यक्षमा ध्रुबप्रसाद अधिकारी चयन भएका छन् । सोमबार हेटौंडामा भएको तेस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल, महासचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा देबु प्रसाद चौलागाईं चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा पारसमणी थिङ,...










