समाचार

मकवानपुरगढीमा आगलागी, घर पूर्ण रूपमा जलेर नष्ट

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-०२, बासपानीमा भएको आगलागीले एक घर पूर्ण रूपमा नष्ट भएको छ। सोमबार बिहान करिब ९:३० बजे कृष्ण बहादुर दर्लामी मगरको दुई तले कच्ची घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको नेतृत्वमा टोली...

पर्यटकीय गन्तव्य बन्दै मकवानपुरको कैलाश

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, हावापानी र धार्मिक तथा पर्यटकीय महìवका विभिन्न स्थल रहेको कैलाशमा पछिल्लो समयमा आवागमन बढेको हो । प्राकृतिक गुप्तेश्वर गुफा, जिप लाइन र पर्यटकीय स्थलका कारण पछिल्लो समय कैलाश पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ...

इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना, चार जना घाइते

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । चार जना घाइते भएका छन् । कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी...

वंशगोपाल क्याम्पसमा स्ववियु नयाँ समिति सर्वसम्मत

हेटौंडा । हेटौंडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ समिति सर्वसम्मत रूपमा चयन भएको छ। संगठनहरूबीचको आपसी सहमति पछि आइतबार बिहान सर्वसम्मत नयाँ समिति चयन गरिएको हो। नवनिर्वाचित समितिको अध्यक्षमा अनेरास्ववियुका दिवस सिलवाल चयन भएका छन्। त्यसैगरी, उपाध्यक्षमा राप्रविसका सजना घिमिरे, सचिवमा अनेरास्ववियुका सुवास राई,...

तराई- मधेसका जिल्लामा आज होली पर्व मनाइँदै

काठमाडौं । रंगहरूको पर्व होली आज तराई– मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार...

मकवानपुरका वन क्षेत्रमा डढेलो न्यूनीकरणका लागि अग्रिम तयारी

हेटौंडा । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढ्ने भएकाले मकवानपुरमा वन जोगाउन अग्रिम तयारी सुरु गरिएको छ। डिभिजन वन कार्यालय मकवानपुरले अग्निपथ निर्माण तथा अग्नि नियन्त्रणका लागि विभिन्न उपायहरू अपनाउँदै आएको छ। डिभिजन वन कार्यालयका अनुसार, जिल्लाभर २१० सामुदायिक वनमध्ये करिब १०० वनमा हरित दस्ता परिचालन गरी...

हेटौंडा औद्योगिक क्षेत्रमा पर्खाल नहुँदा सुरक्षा चुनौती

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा कम्पाउन्ड पर्खाल निर्माण हुन नसक्दा निजी क्षेत्रको अर्बौं रुपियाँको लगानी जोखिममा परेको छ । अमेरिकी सरकारको सहयोगमा स्थापना भएको देशकै ठुलो औद्योगिक क्षेत्रमा पर्खाल निर्माण नहुँदा सुरक्षामा चुनौती भएको हो । ६१ वर्षअघि निर्माण गरिएको औद्योगिक क्षेत्रमा पर्खाल निर्माण भएको छैन । औद्योगिक क्षेत्रको बिचबाट मकवानपुरको पूर्वी...

करेन्ट लागेर मनहरीका ईन्द्रलालको मृत्यु

हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पश्चिम मकवानपुरको मनहरी-६ नयाँबस्तीमा आफ्नै घरमा मोबाईल चार्ज गर्दा करेन्ट लाग्दा ३१ वर्षका ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करेन्ट लागेर गम्भीर घाईते भएका मोक्तानको उपचारको क्रममा चितवनमा मृत्यु भएको प्रहरीको भनाई छ ।

आज पहाडी जिल्लामा होली, सार्वजनिक बिदा

काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने...

होली पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक: प्रदेश प्रमुख देवकोटा

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताउनु भएको छ । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्ताे बताउनु भएको हो। ‘हाेलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी...