समाचार
राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ । महानगरपालिकाका नगर प्रहरी निरिक्षक लिलाराज गाछा मगर थापाले आइतबार राप्रपा मुख्यालयलाई पत्र लेख्दै यसबारेमा जानकारी गराएका हुन् । निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई पत्रको बोधार्थ दिइएको छ । पत्रमा भनिएको...
हेटौंडामा नुहाउने क्रममा राप्ती खोलामा डुबेर किशोरको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –१ स्थित राप्ती खोलामा नुहाउने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ। मकवानपुर प्रहरीका अनुसार, आज दिउँसो १:३५ बजे हेटौंडा –५ पिप्ले बस्ने अन्दाजी १७ वर्षीय किशोर अन्य दुई जना साथीहरूसँग नुहाउने क्रममा अचानक पानीमा डुबी बेहोस भएका थिए । घटनाबारे खबर प्राप्त हुनासाथ...
२ किलो ५३० ग्राम अफिमसहित एक जना पक्राउ
हेटौंडा। मकवानपुर प्रहरीले ठूलो मात्रामा लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ। गएराती करिब ८:२० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका-८ स्थित भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा २ किलो ५३० ग्राम अफिमसहित सोही स्थान बस्ने ३२ बर्षिय राज कुमार तामाङलाई नियन्त्रणमा लिएको हो। देवकोटबाट मेनरोडतर्फ गइरहेको...
हेटौंडामा जबरजस्ती करणी अभियोगमा ७ किशोर पक्राउ
हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका –२ स्थित वनस्खण्डी मन्दिर नजिकको जंगलमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ परेका छन्। प्रहरीका अनुसार, पीडित युवतीले २१ फागुनमा घटनाबारे जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै २२ फागुनमा हेटौंडाका विभिन्न स्थानबाट पाँच जना किशोरलाई नियन्त्रणमा लिइएको थियो।...
हेटौंडामा खानेपानी धाराको मिटर चोरी गर्ने पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा खानेपानी धाराको मिटर चोरी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । हेटौंडा उपमहानगरपालिका -४, भुवनसिंहपथ स्थित यम बहादुर लामिछानेको घरमा जडान गरिएको खानेपानी धाराको मिटर चोरी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालका...
८ बुँदे घोषणा पत्र जारी गर्दै सकियो पत्रकार महासंघ मकवानपुरको सिम्लाङ बैठक
हेटौंडा । नेपाल पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले ८ बुँदे सिम्लाङ घोषणा पत्र जारी गरेको छ । पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि ८ बुँदे घोषणा पत्र जारी गरेको छ । फागुन २२ र २३ गते मकवानपुरको...
बाढी पहिरो पीडित भीमफेदीका कार्कीलाई घर हस्तान्तरण
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा बाढी पहिरोबाट घरवारविहीन बनेका बलबहादुर कार्कीलाई समाजसेवी तथा युवा व्यवसायी सरोज बरालले नवनिर्मित घर हस्तान्तरण गरेका छन्। गत असोज १२ र १३ गते लगातार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले भीमफेदी- ८ इपाका बलबहादुर कार्कीको घर र खेत बगाएको थियो। पाँच जनाको परिवार...
१० बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सकियो पत्रकार महासंघ बागमती प्रदेशको पूर्ण बैठक
हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठकले महासंघको आगामी तीन वर्षका कार्ययोजनासहित १० बुँदे हेटौंडा घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेण्टी गर्न र स्वरोजगारमूलक सञ्चारमाध्यम प्रवद्र्धन गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरिएको छ। साथै,...
मनहरीको डम्पिङ साइटमा नवजात शिशुको शव फेला
हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ स्थित डम्पिङ साइटमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ । मंगलबार साँझ करिब ६:२५ बजे डम्पिङ साइटमा नवजात शिशु (छोरी) को शव सालनालसहित फेला परेको हो । शिशुको शव करिब एक-दुई दिनअघि मात्रै जन्माएर फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी...
सेतो हेरोईनसहित मनहरीबाट भारतीय नागरिक पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध सेतो हिरोईनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार साँझ ६ बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सेतो हिरोईनसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर- ७ पेन्छे स्थित राक्सिराङबाट मनहरी बजारतर्फ आउँदै...










