स्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा चौलागाईं

अखबार हब
२०८१ चैत्र ८, शनिबार २१:१२

हेटौंडा । नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरको अध्यक्षमा उत्सव चौलागाईं चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको संघको चौथो अधिवेशनले चौलागाईंको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा लक्ष्मी पौडेल, सानी मोक्तान, सचिवमा हिरा तामाङ्, कोषाध्यक्षमा समाधि बल, उपसचिवमा सविता पौडेल चयन भएका छन् ।

यस्तै सदस्यमा मोहन खतिवडा, परिदेश पराजुली, रुपेश सिलवाल, मेनुका यादव, पार्वती पौडेल र मिलन थापा सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन निवर्तमान अध्यक्ष भोलानाथ चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*