समाचार
आज पहाडी जिल्लामा होली, सार्वजनिक बिदा
काठमाडौं । रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने...
होली पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक: प्रदेश प्रमुख देवकोटा
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताउनु भएको छ । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्ताे बताउनु भएको हो। ‘हाेलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी...
मनहरीमा महोत्सवको नाममा दर्शक लुट्दै आयोजक, एमालेको विरोध
हेटौंडा । मकवानपुरको मनहरी-८ मा जारी मनहरी खेलकुद तथा व्यापार महोत्सवमा प्रवेश टिकट दर वृद्धि गरिएको भन्दै नेकपा एमाले मनहरी गाउँ कमिटीले आपत्ति जनाउँदै विरोध जनाएको छ। महोत्सव प्रवेशका लागि प्रारम्भमा ७० रुपैयाँ टिकट दर तोकिएकोमा फागुपूर्णिमाको दिनदेखि २५० रुपैयाँ पुर्याइने निर्णय भएपछि एमाले गाउँ कमिटीले असन्तुष्टि व्यक्त गरेको...
प्रगति माविमा छात्रवृत्ति वितरण तथा ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ स्थित प्रगति माविमा छात्रवृत्ति वितरण तथा ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज कोइरालाको अध्यक्षता तथा वडा नं. ९ का वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका क्रममा गत शैक्षिक सत्रमा प्रगति माविबाट कक्षा...
बकैयामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली बजारस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, गय राति करिब २ बजे हात्तीसुडेबाट ठूलोदमारतर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परि बकैया गाउँपालिका–४ का ३३ वर्षीय रुपक दियाली...
मकवानपुरमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा कडाइ
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूर्तिजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ। कार्यालयले मंगलबार एक सूचना जरी गर्दै शिक्षा तथा स्वास्थ्य संस्थाहरू, बाल सुधार गृह, शिशु संरक्षण केन्द्र, बृद्धाश्रम तथा सार्वजनिक स्थानहरू नजिकै सूर्तिजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाउने भएको हो । सार्वजनिक स्थलको कम्तीमा...
मकवानपुर प्रशासनद्वारा होली पर्व शान्तिपूर्ण रूपमा मनाउन आग्रह
हेटौंडा । होली पर्वलाई मर्यादित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरले विशेष सुरक्षा व्यवस्था अपनाउने भएको छ। मंगलबार प्रशासनले जारी गरेको सूचनामा पर्वको ऐतिहासिक महत्त्वलाई ख्याल गर्दै सामाजिक सद्भाव कायम राख्न र अभद्र गतिविधि नगर्न आग्रह गरिएको छ। होली खेल्ने नाममा अनावश्यक तडकभडक, जबर्जस्ती रंग दलेर दुर्व्यवहार गर्ने,...
बाढी पुनर्निर्माणको बजेट कटौती, मुख्यमन्त्रीलाई महँगो गाडी
हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारीका लागि महँगो गाडी खरीद गर्ने निर्णय गरेको छ । गत असोजमा आएको बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भन्दै मन्त्रालयहरूको विकास बजेट कटौती गरेको प्रदेश सरकारले, उल्टै पदाधिकारीहरूका लागि सुविधा सम्पन्न गाडी खरीद गर्न लागेको हो। प्रदेश सरकारले २०८१...
हेटौंडा क्याम्पसको स्ववियु अध्यक्षमा तीन जनाको उम्मेद्वारी
हेटौंडा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा हेटौंडा क्याम्पसको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । स्ववियु निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार प्रमुख तीन विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता अनुसार अध्यक्ष पदमा दीपक वाइबा (अखिल क्रान्तिकारी), अभि मैनाली (अनेरास्ववियु),...
मकवानपुर क्याम्पसमा राजावादी र माओवादीको गठवन्धन, एमाले- काग्रेस एक्लाएक्लै
हेटौंडा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । आज भएको उम्मेद्वारी दर्ता अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठन र एक स्वतन्त्र उम्मेद्वारको उम्मेद्वारी परेको हो । निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन...









