समाचार
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
हेटौंडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ लच्का स्थित पुर्व पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको हो । मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प १११४ नंबरको मोटरसाइकलले हाल नामथर वतन नखुलेको करिब ६१ वर्षिय महिलाले...
तीन दिनभित्र शिक्षकका संविधानसम्मत माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । “शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश...
हेटौंडाको सडक विस्तार: व्यापारिक क्षेत्र जोगाउन बाइपासको माग
हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–हेटौंडा–नारायणगढ सडकखण्डको स्तरोन्नतिको लागि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। बुधबार हेटौंडामा भएको सुनुवाइमा स्थानीय प्रभावितले हेटौंडा बजारको बीच हुँदै सडक विस्तार गर्न नमिल्ने भन्दै बाइपास सडक निर्माणको सुझाव दिएका छन्। बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले राज्यले उचित क्षतिपूर्तिसहित जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए। त्यसैगरी हेटौंडा उपमहानगरपालिकाकी...
हेटौंडाको कल्याणटार–हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान सुरु
हेटौंडा। मकवानपुरको हेटौडा उपमहानगरपालिका-६ कल्याणटारमा कल्याणटर-हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान सुरु गरिएको छ । बुधबार बागमती प्रदेश सरकारका पूर्व मन्त्री एकलाल श्रेष्ठले स्ल्याब ढलान कार्यको सुरुवात गरेका हुन् । स्ल्याब ढलानको शिलान्यास गर्दै पूर्वमन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र भित्र पूर्वाधार विकास लाई प्राथमिकता दिएको बताए । तत्कालीन समयमा आफूले...
हेटौंडाबाट अवैध रूपमा गाईगोरु ढुवानी : ट्रक नियन्त्रणमा, चालक फरार
हेटौंडा। मकवानपुर प्रहरीले अवैध गाईगोरु ढुवानी गरिरहेको अवस्थामा ट्रक नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका–४ स्थित फरेष्ट्री क्याम्पस अगाडिको पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान करिब ५ बजे अवैध रूपमा गाईगोरु ढुवानी गरिरहेको एक ट्रक नियन्त्रणमा लिइएको हो। वडा प्रहरी कार्यालय, सानोपोखराबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको...
छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका– १, कुञ्छालमा छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय बुवा पक्राउ परेका छन् । आइतबार पीडित किशोरीले इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दिएपश्चात् घटना बाहिर आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविनबाबु अर्यालले जानकारी दिए । बाबुले गत २०८१ साल भदौदेखि कात्तिकसम्म पटक–पटक...
१६ जनाले गरे रक्तदान
हेटौंडा । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा- ४ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति किशन घिसिङ्गको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका ४ नं वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला...
अडान बागमती प्रदेशको अध्यक्षमा बर्तौला
हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला निर्विरोध निर्वाचित भएका छन् । अडानको शनिबार हेटौंडामा सम्पन्न सातौं प्रदेश अधिवेशनले तेस्रो कार्यकालको लागि बर्तौलाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षहरुमा द्वारिका प्रसाद रिजाल, लव प्रसाद सुवेदी, माधव प्रसाद बास्तोला,...
वनकरिया बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी
हेटौंडा । लोपोन्मुख जाति वनकरियासहित ४९ बालबालिकालाई विद्यालय पोशाक, जुत्ता, ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको छ । कक्षा १ देखी ८ सम्म अध्ययनरत बालबालिकालाई मकवानपुरको मनहरी गाउँपालिका ४, मुसेधापमा शनिवार उक्त सामग्रीहरु वितरण गरिएको हो । अमेरिकी सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले छात्रछात्रालाई...
मकवानपुरगढीमा इभी गाडी दुर्घटना : दुईको मृत्यु, १४ घाइते
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ धरमपानीमा इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको गाडी आज बिहान १ बजेतिर करिब २०० मिटर तल खसेको थियो। गाडी...










