समाचार

हेटौंडामा एक दिने लोक भजन प्रतियोगिता

हेटौंडा । हेटौंडामा एक दिने लोक भजन प्रतियोगिता हुने भएको छ । लोक कला सँस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले आगामी वैशाख २६ गते हेटौंडामा लोक भजन प्रतियोगिता हुने भएको हो । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मकवानपुरको आयोजनामा बागमती प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको आइतबार...

हेटौंडामा प्राविधिक तालिम सुरु, पूर्वमन्त्री श्रेष्ठ भन्छन् – सीपयुक्त जनशक्ति निर्माण आवश्यक

हेटौंडा । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले उद्योग क्षेत्रको विकासका लागि सीपयुक्त जनशक्ति निर्माण आवश्यक भएको बताएका छन्। हेटौँडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा सुरु भएको ३० दिने विशेष प्राविधिक तालिमको उद्घाटन गर्दै श्रेष्ठले उद्योगहरूमा दक्ष जनशक्ति अभाव...

उत्पादनसँग जोडिएका योजना ल्याउँदै बागमतीको वन मन्त्रालय

हेटौंडा । बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले आगामी वर्षका लागि मन्त्रालयले आफ्ना योजनाहरु ल्याउँदा आम जनतालाई उत्पादनसँग जोड्ने विषेश योजनाहरु ल्याउने तयारी गरेको बताएका छन् । प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा सोमबारबाट सुरु भएको २ दिने योजना तर्जुमा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री सिलवालले अन्य...

डाइभर्सन बगाउँदा कान्तिलोकपथ अवरुद्ध

हेटौंडा । वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ सिमानामा रहेको बागमती खोलामा सवारी आवागमनका लागि बनाइएको डाइभर्सन मार्ग आज बिहान करिब ६:१५ बजे आएको बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो। डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध...

प्रचण्ड बुढाथोकी अध्ययन केन्द्रद्वारा नगर स्तरीय सांस्कृतिक कार्यक्रम

नवलपरासी । मौलिक कला, संस्कृति तथा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपाल, बर्दघाट–२, चिसापानीले नगरस्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट नगरपालिकाको संरक्षकत्वमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले दिवंगत प्रचण्ड बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उहाँले गीत–संगीत र कलामार्फत जनचेतना...

मदन भण्डारी फाउण्डेसन मकवानपुरको अध्यक्षमा पुनः खुलाल

हेटौंडा । मदन भण्डारी फाउन्डेसन मकवानपुरको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन भएका छन् । शनिबार हेटौंडामा भएको फाउन्डेसनको चौथो साधारणसभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्म बस्नेत, सचिवमा कुमार केसी, सहसचिवमा चन्द्रावती पनेरु र कोषाध्यक्षमा गोकर्ण तीवारीलाई चयन...

प्रेस चौतारी मकवानपुरको नयाँ योजना सार्वजनिक

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरिएको हो । प्रेस चौतारी...

हेटौंडामा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस

हेटौंडा । हेटौंडामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । आज मे १ तारिख, एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, हेटौंडामा पनि कार्यक्रम गरी मनाइँएको छ । नेपाल ट्रेडयुनियन महाँसंघ (जिफन्ट) को आयोजनामा हेटौंडामा र्याली निकालेर यो दिवस मनाइएको हो । हेटौंडाको फरेष्टिगेटबाट निकालिएको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो...

भिमफेदीमा भरुवा बन्दुकको प्रहारबाट बाबु घाइते

हेटौंडा । मकवानपुरमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् । आज बिहान ८ बजेको समयमा मकवानपुरको भिमफेदी गाउँपालिका–९, अघोरमा घरेलु विवादले हिंसात्मक रूप लिँदा बाबु आफ्नै छोराको भरुवा बन्दुकको प्रहारबाट घाइते भएका छन्। स्थानीय ५९ वर्षीय कान्छाराम थिङलाई उनका ३५ वर्षीय छोरा ईमान सिंह थिङले...

मकवानपुरमा रुखले च्यापेर लिम्बुको मृत्यु

हेटौंडा । मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर- ३ देउजोर स्थित वनमा रुख काट्ने क्रममा च्यापिएर इलाम नगरपालिका वडा नम्बर – ९ बस्ने वर्ष ४६ का दिल कुमार लिम्बुको ज्यान गएको हो । लिम्बुको बागमती-३ देउजोर स्थित सुर्यकिरण सामुदायिक...