समाचार

हेटौंडाबाट ५ जना जुवाडे पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गौरीटार रंगशाला स्थित गाईगोठ बाट जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। मंलबार दिउँसो गौरीटार रंगशाला स्थित दामोदर चौलागाईंको गाईगोठमा जुवा तास खेली, खेलाई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको प्रहरी टोलीले नगदसहित...

हेटौंडामा होटलको रेलिङबाट लडेर एकको मृत्यु

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्क स्थित एक होटलको तेस्रो तल्ताको रेलिङबाट लडेर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार राति हेटौंडा बसपार्कमा अवस्थित रोशन होटल एण्ड लजको तेस्रो तल्लाको रेलिङबाट लडेर घाइते भएका हेटौंडा १२ पदमपोखरीका ३० बर्षिय अमित मोक्तानको चितवन स्थित सरकारी...

राक्सिराङका युवालाई सीपमुलक तालिम

हेटौंडा । मकवानपुरको पश्चिमि भेगका अवस्थित राक्सिराङ गाउँपालिकाका ४० जना युवाहरुलाई सीपमुलक तालिम प्रदान गरिएको छ । राक्सिराङ ३ झिल्किनीमा सञ्चालन भएको ३० दिने केराको सुप्लोबाट स्वदेशी नेपाली कागज उत्पादन गर्न सिकाउने तालिम र वडा नम्बर ५ ठाडेचुरीमा सञ्चालन भएको ३९० घण्टे केयर गिभर तालिमको आज समापन गरिएको हो...

बागमती प्रदेश अन्तर्गतका वोर्डहरु खारेज

हेटौंडा । बागमती प्रदेशमा रहेका प्रदेश अन्तर्गतका वोर्डहरु खारेज हुने भएका छन् । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले प्रदेश युवा परिषद प्रदेश, प्रदेश खेलकुद परिषद, सहकारी वोर्ड, प्रदेश दुग्ध विकास वोर्डलगायत वोर्डहरु खारेज गरिने बताए...

हेटौंडामा सवारी दुर्घटना, १० जना घाइते

हेटौंडा । हेटौंडामा सवारी दुर्घटनामा परेर दश जना घाइते भएका छन् । शनिबार दिउँसो पुर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा १५ डाईभरडाँडा स्थित तीन वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । बिरगंजबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख २९७० नम्बरको बसको ब्रेक फेल हुँदा विपरीत दिशा तर्फ...

राप्तीरोडको कपडा व्यवसायीलाई आक्रमण गर्ने एकजना पक्राउ

हेटौँडा । हेटौँडाको मुख्य बजार राप्तीरोडमा एक व्यवसायीमाथि सांघातिक आक्रमण गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा-१२ पदमपोखरीका ३५ वर्षीय विजय थिङ रहेका छन् । बिहीबार हेटौंडा-१० राप्तीरोडस्थित दास ईम्पोरियम कपडा पसलका सञ्चालक करिब ६१ वर्षका विन्दल दासलाई सांघातिक आक्रमण गरेको आरोपमा थिङलाई प्रहरीले पक्रिएको हो...

भरुवा बन्दुकसहित इन्द्रसरोवरका साङ्दोर्जे पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित इन्द्रसरोवर गाउँपालिकाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका ५ का ६० वर्षीय साङ्दोर्जे लामा रहेका छन् । घरमा अवैधानिक रुपमा भरुवा बन्दुक राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरिएको हो ।...

बकैया गाउँपालिका पूर्ण खोप सुनिश्चतता पालिका

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिका भित्रका ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै मात्राका खोप लगाएको प्रमाणीकरण अनुसार पूर्ण खोप सुनिश्चतता तथा दिगोपना पालिका घोषणा गरिएको हो । यो सँगै गाउँपालिकाले हरेक वर्ष माघ, फाल्गुन...

बेलिब्रिज हालेपछि सञ्चालनमा आयो कान्तिलोकपथ

हेटौंडा । हेटौंडा–काठमाडौंलाई जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएको छ । बागमती नदीको पुलमा बेलिब्रिज जडान गरी सडक खुला गरिएको कान्ति लोकपथ सडक आयोजनाले जनाएको छ। बागमती नदीमा आएको बाढीले गत असोज ११ र १२ गते पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि अस्थायी माटो र बालुवाको पहुँच...

कैलाशका ९९ घरलाई सुधारिएको चुल्हो विवतरण

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका वडा नम्बर ३, ४ र ७ नम्बरमा बसोबास गर्ने ९९ घरधुरीलाई सुधारिएको धुँवा रहित चुल्हो वितरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले चुल्हो हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट एशोसिएसनले तीन...