समाचार
जिल्ला प्रशासनमा सिडिओ स्किमको नयाँ नियमः ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही !’
हेटौँडा । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नो कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएकी छन् । यो बन्देज पत्रकारलाईसमेत भएको उनले पत्रकारहरुबीच नै स्पष्ट पारेकी छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ...
बारामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
बारा । बारामा एक युवकले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कलैया उपमहानगरपालिका(१० मटिअर्वा गाउँका ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादमा २३ वर्षीया पत्नी सहिना खातुनलाई मासु काट्ने दाउले टाउको, घाँटीलगायत शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...
मकवानपुरको दुर्गम गाउँमा बन्यो आयुर्वेद औषधालय भवन
हेटौंडा । मकवानपुरको दुर्गम गाउँमा निर्मित आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्माण गरिएको आयुर्वेद औषधालय भवनको मंगलबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए । कार्यक्रममा कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यमका रूपमा चिनाउँदै यसले...
कैलाशमा प्रहरीको छापाः ठूलो परिमाणको गाँजासहित ४ जना पक्राउ
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका बाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै चार जना पक्राउ परेका छन् । सोमबार लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली र स्थानीय सुरक्षाकर्मीहरूको समन्वयमा जिल्लाको कैलाश गाउँपालिका–५, कटहरे पोखरीस्थित एक निजी घरमा छापा मारिएको थियो। प्रहरीले उक्त स्थानबाट १ हजार ७४ किलोग्राम गाँजा फेला...
बिजुलीको तार भुँईमा खस्दा हेटौँडामा एकै घरका तीन जना घाइते
हेटौँडा। हेटौंडा उपमहानगरपालिकामा करेन्ट लागेर एकै घरका तीन जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका ७ नागस्वतीका ४६ वर्षीय सन्चयकुमार पुडासैनी, श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र एक वर्षिया नातिनी श्रीयाना पुडासैनी घाइते भएका हुन् । हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएको छ। नागस्वतीस्थित...
पेट्रोल ५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार मंगलबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाइने निगमले जनाएको छ । यद्यपि एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत्...
जलवायु परिवर्तन बारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया
हेटौँडा। हेटौँडामा जलवायु परिवर्तन र यसको असर बारे बागमती प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिबृद्धी कार्याक्रम भएको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले जलवायु परिवर्तनका कारण मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासहरूको उत्सर्जन...
राक्सिराङमा चट्याङ लागेर एक बालिकाको मृत्यु,पाँचजना घाइते
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङले एक बालिकाको ज्यान लिएको छ । यस्तै पाँच जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार १३ गते साझ परेको चट्याङले राक्सिराङ गाउँपालिका वडा नम्बर ८ र ९ मा मानविय क्षति पुर्याएको हो। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङ ८ मेशिराङस्थित...
मकवानपुरमा स्वास्थ्य चौकीका कार्यालय सहयोगीले गरे स्थानीयको हत्या
हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा खुर्पा प्रहार गरी स्वास्थ्य चौकीका कर्मचारीले एक जनाको हत्या गरेका छन्। बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी बारा, निजगढ नगरपालिका–३, सिंगोलका ३५ वर्षीय कुमार थापाले ५७ वर्षीय रामबहादुर वाइबालाई खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। इलाका प्रहरी...
मकवानपुरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका – १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा सवारी साधनको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पालुङका अनुसार बज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको सवारी साधनले पैदल यात्रा गरिरहेका थाहा – ६ का ७१ वर्षीय सीताराम महर्जनलाई ठक्कर दिएर घाइते बनाएको थियो । घाइते महर्जनलाई...









