समाचार
गुरु पूर्णिमाको अवसरमा भुटनदेवी मन्दिर परिसरमा सरसफाई
हेटौंडा । गुरु पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम हेटौंडाको आयोजनामा आज हेटौंडा–४ स्थित भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। महात्मा पिताम्बरा वाइजीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम मकवानपुरका अध्यक्ष अर्जुन लामा, संयोजन कृष्ण कँडेल र सह-संयोजन कल्पना...
क्यान्सरका बिरामी सिकारीको घर बनाउन रास्वपा नेताले गरे जस्ता सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङ ज्यामिरे निवासी ५५ वर्षीय दिलबहादुर सिकारीको घर बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका नेताहरुले जस्तापाता सहयोग गरेका छन् । सिकारी क्यान्सर रोगका बिरामी समेत हुन् । बुधबार रास्वपा मकवानपुरका उपसभापति प्रकाश गौतम, मकवानपुर क्षेत्र नं १ का सभापति टाकाराज थापा (सुरेश) र क्षेत्र...
थाहा नगरपालिकाले अक्सिजन प्लान्ट खरिदमा १ करोड १० लाख भ्रष्टाचार गरेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा
काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको नाममा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । प्रदेश र संघ सरकारको गरी १ करोड ५५ लाख रुपैयाँ विनियोजन भएको योजनामा प्राविधिक मापदण्ड विपरीत प्रविधि छनोट गरी खरिद प्रक्रिया मिलेमतोमा...
जोखिम निम्त्याउँदै हेटौंडाको राप्ती खोला पुल
हेटौंडा । पूर्व-पश्चिम राजमार्गको हेटौंडास्थित राप्ती खोलामा निर्माण गरिएको पुल मर्मतसम्भारको अभावले जोखिमयुक्त बन्दै गएको छ । वर्षायाममा आउने राप्ती खोलाको बाढीले पिलरमा धक्का पुर्याउँदा भित्रका फलाम देखिन थालेका छन् । २ सय १० मिटर लम्बाइ रहेको उक्त पुलमा सात वटा पिलर छन् । अधिकांश पिलरको बाहिरी भागको सिमन्टमा...
वनभोज खान मकवानपुरको टौवास आएका पर्यटकको खोलाले बगाउँदा मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर- १ टौवासमा खोलाले बगाउँदा एक जना पर्यटकको मृत्यु भएको छ । शनिबार दिउँसो वनभोज खाई रमाईलो गरी रहेको अवस्थामा खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा विरगञ्ज महानगरपालिका -५ बस्ने बर्ष ४५ को पुरुषोत्तम शर्माको मृत्यु भएको हो । विरगञ्ज बाट गाडी रिर्जभ गरि...
निजगढमा करेन्ट लागेर एकको मृत्यु
निजगढ । बाराको निजगढमा करेन्ट लागेर एक जना युवकको मृत्युभएको छ । बारा निजगढ नगरपालिका–८ स्थित बकैया टोलका ३४ वर्षीय रवि सापकोटाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार साझ निजगढ वडा नं.५ प्रतिक्षा टोल स्थित सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने क्रममा करेन्ट लागी घाइते भएका सापकोटाको उपचारको...
मकवानपुरमा विद्युतीय माइक्रो दुर्घटना, पाँचजना घाइते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन्। शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको म प्र ०३–००१ ज ०५५१ नम्बरको इभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा १०...
निःशुल्क शिक्षाशास्त्रको कक्षा सञ्चालन गर्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्ट
हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गतका पठनपाठन निःशुल्क सञ्चालन गर्ने भएको छ। शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निःशुल्क पठनपाठनको व्यवस्था गर्न लागिएको म्यानेजमेन्टले जनाएको छ । शिक्षा क्षेत्रमा दक्ष...
हेटौँडा ४ का वडाध्यक्षमाथि हातपात, विरोधमा उपमहानगरको सेवा बन्द
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार सार्वजनिकस्थलमै हातपात भएको छ। उनलाई एक निर्माण व्यवसायीले हातपात गरेकी हुन्। हेटौँडा– ४ स्थित हेटौँडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका वेला वडाध्यक्ष सिग्देलमाथि मञ्जु लामाले हातपात गरेकी हुन्। उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी...
अस्थायी घर टहरा हटाउन हेटौँडा २ को आग्रह
हेटौँडा। हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले अस्थायी रुपमा बनेका घर टहरा हटाउन अनुरोध गरेको छ। त्रिभुवन राजपथअन्तर्गत पर्ने वडाको शान्ति टोलस्थित उद्योग वाणिज्य संघदेखि लोकप्रिय होटलसम्मका पूर्वतर्फका अस्थायी घर टहरा हटाउन वडा कार्यालयले सार्वजनिक रुपमा अनुरोध गरेको हो । वडा कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सडक पेटी...










