समाचार

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)पक्राउ परेका छन् । अहिराज यौन दुर्व्यवहार कसुरमा आइतबार पक्राउ परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार अहिराजमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ । झा २०७७ फागुन ७ मा मधेशको...

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा हेटौंडामा स्वर समर्पण -जनसाङ्गीतिक साँझ हुँदै

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको सन्दर्भमा हेटौंडामा स्वर समर्पण -जनसाङ्गीतिक साँझ हुने भएको छ । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना एवम् राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको ब्यवस्थापनमा मंगलबार स्वर समर्पण-जनसाङ्गीतिक साँझ कार्यक्रम हुन लागेको हो । हेटौंडा उपमहानगरपालिका -४ स्थित...

सिडिओ र एसपी विरुद्ध हेटौँडाका जनप्रतिनिधि आन्दोलित, प्रहरी प्रमुख भन्छन्ः ‘म पनि फिल्डमै खटिएको छु’

हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले आन्दोलन गरेका छन् । उपमहानगरका प्रवक्ता एवं १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् । उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालयमै टेबल राखेर सेवा प्रवाह...

हेटौँडामा शनिबार कोरा साइकल

हेटौँडा । हेटौँंडामा कोरा साइकलको आठौँ संस्करण साउन ३ गते हुने भएको छ । हेटौँंडा राइडर्स क्लबको आयोजनामा हेटौँडा उपमहानगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै नगरलाई साइकलसँग जोड्ने उद्देश्यले कोरा साइकल हुन लागेको हो । क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै ५० किलोमिटर दूरीको कोरा साइकल च्यालेन्ज हुन...

हेटौँडामा प्रदेश स्तरिय प्रहरी अस्पतालको शिलान्यास

हेटौँडा।मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १७ हटियामा प्रदेश स्तरिय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा बन्न लागेको अस्पतालको मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले शिलान्यास गरेका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने यस आयोजना अन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी...

जिल्ला अदालत मकवानपुरमा २ हजार ८ सय ८६ मुद्दा फर्छ्योट

हेटौँडा । जिल्ला अदालत मकवानपुरले चालु आर्थिक वर्षमा २ हजार ८ सय ८६ मुद्दा फर्छ्योट गरेको छ । वार्षिक मुद्दा फर्छ्योट लक्ष्य २ हजार ७ सय ३९ राखेकोमा अदालतले २ हजार ८ सय ८६ मुद्दा फर्छ्योट गर्न सफल भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । अदालतकी श्रेस्तेदार...

मनहरीमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु, तीन घाइते

हेटौँडा। पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ८ पुलचोक बेलुवा सडक खण्डमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । पुलचोक बेलुवा स्थित पूर्व पश्चिम सडक खण्डमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ३७ प ७६९० न. को मोटरसाइकल र सोही दिशाबाट आउँदै...

बकैयाको जुवा खालमा प्रहरीको छापाः २२ जना जुवाडे पक्राउ

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति १ बजेतिर बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको २१ जनाको टोलीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले...

ईन्द्रसरोबरमा ढुङ्गाले लाग्दा मजदुर घाइते

हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-४ मा सडकमाथिबाट आएको ढुङ्गा लागी सडक नालीको काम गर्ने एक मजदुर घाइते भएका छन् । आज बिहान करिब सवा ८ बजेको समयमा नालीको काम गरिरहेका खोटाङ जिल्ला लामिडाँडाँ घर भएका अन्दाजी २० वर्षीय केशव मगरलाई ढुङ्गाले टाउको र ढाडमा लागि गम्भीर घाइते भएका हुन्...

गुरु पूर्णिमाको अवसरमा सिटी कलेजमा रक्तदान

हेटौंडा । गुरु पूर्णिमाको अवसर पारेर हेटौंडा–५, मा रहेको जेनिथ सेकेन्डरी स्कुल/सिटी कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी तथा कर्मचारी गरी ३१ जनाले रक्तदान गरेका छन्। कार्यक्रमबारे जानकारी दिँदै कलेजका प्रशासक सुमन्त सिलवालले रक्तदानले जीवन बचाउने मात्र...