समाचार
संघीयताको पक्षमा बजेट निर्माण गर्न एफएलसीको सुझाव
हेटौँडा। फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई संघीयतामैत्री बजेट निर्माण गर्नका लागि ५२ बुँदे सुझाव दिएको छ । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेकाले संघीयताको सबलीकरणका निम्ति आवश्यक ऐन-कानुन र बजेट विनियोजनसम्बन्धी सुझाव उक्त ५२ बुँदामा समेटिएका छन् । एफएलसीका...
हेटौँडा-४ विकासमा नमुना वडा बनाउँदैछाैँ: सिग्देल
हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू लागि परेकाे बताएका छन् । वडा कार्यालयबाट गरेकाे कार्यकाे समीक्षा र आगामी याेजनाकाे लागि सुझाव संकलन भेलामा बाेल्दै अध्यक्ष सिग्देलले भाैतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा साँस्कृतिकाे विकास, विभिन्न सामाजिक अभियान...
खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा ढुङ्गाना
हेटौँडा । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरकाे चाैथाे जिल्ला अधिवेशनले रूपा ढुङ्गानालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनबाट ढुङ्गाना अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन । यस्तै अधिवेशनले उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले महासंघ जिल्ला उपाध्यक्षमा सङ्ग्राम बल...
हेटौँडामा मकवानपुर क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
हेटौँडा । हेटौंडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । भोलि (शनिबार) देखि तीन दिन क्याम्पसले हेटौंडामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्न लागेको हो । ‘दीगो विकासका लक्ष्यको स्थानीयकरण: युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको...
हेटौँडामा नक्कली नोटसहित एक पक्राउ
हेटौँडा । मकवानपुरको हेटौँडामा नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले ५०० दरका नक्कली नोट १८६ थानसहित एक जनालाई नियन्त्रणमा लिएको हो। आज राति करिब १:१० बजे प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत रातोमाटेबाट बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा...
हेटौँडा सिमेन्ट उद्योगलाई निजीकरण प्रयासको विरोधमा प्रदर्शन
हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने सरकारी प्रयासको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार हेटौँडा बजारमा विरोध प्रदर्शन गरेको हो । माओवादी केन्द्रले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । माओवादी...
हेटौँडा आँखा अस्पतालमा महिला बिरामीलाई महिनावारी प्याड
हेटौँडा। मकवानपुरको हेटौँडामा रहेको हेटौँडा सामुदायिक आँखा अस्पतालमा महिला बिरामीले अब महिनावारी प्याडको सुविधा पाउने भएका छन् । अस्पतालमा आउने महिला बिरामीहरुको लागि लक्ष्यित गर्दै प्याड भेन्डिग मेसिन जडान गरिएको छ । युक्ति फाउण्डेशन काठमाडौँले अस्पतालमा यो मिसेन सहयोग गरेको हो । आज बाट अस्पतालमा आउने बिरामीले सेवा पाउने...
हेटौंडामा भोलीबाट नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारण सभा
हेटौँडा। नेपाल मोबाइल व्यवसायी महासंघको चौथोकेन्द्रीय साधारण सभा हेटौंडामा २६ र २७ गते हुँदैछ। दुईदिन सम्म चल्ने साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको केन्द्रीयले बिहीवार पत्रकार सम्मेलन मार्फत जनाएको छ । साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै संयोजक छतेन्द्र आचार्यले हेटौंडामा हुने कार्यक्रममा देशभरका प्रतिनिधिहरूको उपस्थिति रहने जनाए।...
बकैयामा रोकिएन अवैध उत्खनन्, टिपर र एक्स्काभेटर स्थानीयले समाते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाको सिमात खोला (धेत्रे) क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गर्ने क्रम रोकिएको छैन् । विगत लामो समयदेखि बकैयाको वडा नम्बर ११ र १२ को सिमानास्थित सिमात खोलाबाट नियमित रुपमा नदीजन्य पदार्थको चोरी निकासी भइरहेको स्थानीयले बताएका छन् । बकैया–१२ का पूर्ववडाध्यक्ष समेत रहेका स्थानीय...
बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा
हेटौंडा । बागमती प्रदेश सरकारले २४ वैशाख (बुधबार)को दिन सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले सोमबार सूचना प्रकाशित गरी आगामी बुधबार सार्वजनिक बिदा दिइएको जनाएकी छन् । सूचनामा प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा २०८२ वैशाख...










