समाज/राजनीति
चार निर्वाचन जितेका खतिवडा पहिलोपटक मन्त्री
मकवानपुर । स्वास्थ्यमन्त्री विरोध खतिवडा चौथो पटक सांसदमा प्रत्यक्ष निर्वाचित भए पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । संसदीय राजनीतिको माहिर खेलाडीको रुपमा हेरिने खतिवडा प्रजातन्त्र पुनर्स्थापनापछि भएका २०४८, २०५१, २०५६ को आमनिर्वाचन जितेका थिए । संविधानसभाको दुवै निर्वाचनमा भने उनलाई पार्टीले उम्मेदवार बनाएन । २०७४ सालमा...
एमालेमै रहने विकल्प खोज्न प्रभु साह बालकोटमा
काठमाडौं । नेकपा एमालेमा रहनका लागि ८ बुँदे शर्त राखेर पार्टीका कुनै गतिविधिमा नरहेका नेता प्रभु साह अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुगेका छन् । माओवादीमा फर्काउन प्रचण्डले पनि पहल गरिरहेका बेला प्रभु साह एमालेमै रहने विकल्प खोज्न बालकोट पुगेका हुन् । स्रोतका अनुसार साहसँग अहिले बालकोटमा उपमहासचिव बिष्णु...
जिम्मेवारी हेरफेरसहित नेकपा एसका मन्त्रीको नाम बालुवाटार पठाइयो, खतिवडा स्वास्थ्यमन्त्री
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । अन्तिम समयमा नेकपा एसको सचिवालयले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ । त्यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन र...
शहरी विकास मन्त्री बन्दै विरोध खतिवडा
मकवानपुर । नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको नेता विरोध खतिवडाले जानकारी दिए । मकवानपुरका खतिवडाले शहरी विकास मन्त्रालय पाउने भएका छन् । त्यस्तै स्वास्थ्य...
खुमल्टारमा चिनियाँ राजदूत
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न बिहान ९ बजे खुमलटार पुगेकी राजदूत यान्छीले झण्डै डेढ घण्टा कुराकानी गरेको बताइएको छ । यान्छी १०ः२५ बजे त्यहाँबाट निस्किएकी थिइन् । भेटवार्ताबारे थप खुलाइएको छैन । राजदूतले यसवीच...
नेकपा एसको सत्तारोहण : पहिलो चरणमा झाँक्री, खतिवडा, श्रेष्ठ र आले मन्त्री बन्दै
काठमाडौँ । एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) ले आज(शुक्रबार)बाट औपचारिक रूपमा केन्द्रीय सत्तारोहण गर्न लागेको छ । नेकपा एसले ६–६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको छ । धेरै जना आकांक्षी देखिएपछि पार्टीले दुई चरणमा मन्त्री बनाउन लागेको हो । नेकपा एस स्रोतका अनुसार...
उस्तै परे आजै सपथ ग्रहण हुन्छः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । बिहीबार राजधानीमा पंचली एटके टेलिभिजनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आजै सपथग्रहण हुनसक्ने बताए । ‘उस्तै परे आजै सपथ ग्रहण हुन्छ होला,’ अध्यक्ष प्रचण्डले भने । प्रचण्डले मन्त्रिपरिषद विस्तारमा उत्पीडित समुदायलाई प्राथमिकता दिएको...
एमसीसीको जग्गामा विप्लवको झण्डा
एमसीसी परियोजनाका लागि सरकारले अधिग्रहण गरेको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज कब्जा गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा रहेको ३९८ रोपनी जग्गा नेकपाका कार्यकर्ताले कब्जा गरेका हुन् । एमसीसीविरुद्ध चर्को नारावाजी गर्दै उनीहरुले जग्गामा पार्टीको झण्डा गाढेका छन् । जग्गा कब्जा गर्न गएका कार्यकर्ताहरुले...
कांग्रेसले अब सञ्चारसहित थप ३ मन्त्रालय पाउने
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा करिबकरिब सहमति जुटेको छ। मंगलबार पनि गठबन्धनका दलहरुको बैठक बसेको थियो। सो बैठकपछि गठबन्धन आबद्ध दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम लगभग टुंगिएको नेताहरुको भनाइ छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या र महिला,...
जसपाको भागमा भौतिक पूर्वाधारसहित चार मन्त्रालय
काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार मन्त्रालय पाउने भएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सङ्घीय मामिला तथा...










