एमालेमै रहने विकल्प खोज्न प्रभु साह बालकोटमा

अखबार हब
२०७८ आश्विन २२, शुक्रबार १५:३०

काठमाडौं । नेकपा एमालेमा रहनका लागि ८ बुँदे शर्त राखेर पार्टीका कुनै गतिविधिमा नरहेका नेता प्रभु साह अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुगेका छन् ।

माओवादीमा फर्काउन प्रचण्डले पनि पहल गरिरहेका बेला प्रभु साह एमालेमै रहने विकल्प खोज्न बालकोट पुगेका हुन् । स्रोतका अनुसार साहसँग अहिले बालकोटमा उपमहासचिव बिष्णु पौडेल तथा शंकर पोखरेल,टोपवहादुर रायमाझी,लेखराज भट्ट लगायतका नेताहरुले छलफल गरिरहेका छन् ।

साहका अधिकांश मागहरु पार्टीले पूरा गरिसकेको र नेकपा एकताकै निरन्तरता एमाले हो भनेर विधान महाधिवेशनको दस्तावेजमै आइसकेकाले अब पार्टीमा फर्केर क्रियाशील हुन नेताहरुले आग्रह गरेका छन् ।

साहसँग यसअघि पनि अध्यक्ष ओली,महासचिव ईश्वर पोखरेल,नेता रामवहादुर थापा बादल लगायतले छलफल गरिसकेका छन् । उनले आफ्नो माग नेतृत्वले सम्बोधन गरेको भनेर सार्वजनिक रुपमा बोल्नुपर्ने भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*