समाज/राजनीति

देउवा सरकारको सय दिन : गर्नुपर्ने काम केही भएन, नगर्नुपर्ने जति सवै भए

काठमाडौं। मन्त्रिपरिषद्लाई पूर्णता दिनै झण्डै तीन महिना लगाएको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका सय दिन व्यर्थै बितेको छ । सर्वोच्च अदालतको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर बनेको देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो सय दिन देश र जनताको पक्षमा एउटा पनि काम नगरी बिताएको...

पहिलो पटक भोट हाल्ने युवाले सूर्यमै मतदान गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक भोट हाल्ने युवापंक्तिले सूर्यमै भोट हाल्नुपर्ने बताएका छन् । बागमती प्रदेश आयोजक कमिटीको बैठकमा ओलीले पहिलोपटक भोट हाल्ने युवाले सूर्य बाहेक अन्यत्र हाले हात बिटुलिने बताए । ‘तिनीहरुलाई पहिलोपटक भोट सूर्यमा हाल्न लगाउनुपर्छ । अन्त हाल्यो भने हात बिटुलियो नि’...

ओलीको दावी – एमालेले चाह्यो भने यो सरकार एक सातामा ढल्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे अहिलेको सरकार सात दिनभित्र ढल्ने दावी गरेका छन् । सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती...

नेकपा एसका सल्लाहकार – विश्लेषक कृष्ण पोखरेलदेखि भाइरलम्यान पुण्य गौतमसम्म

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्राध्यापक कृष्ण पोखरेलदेखि युट्युब भाइरलम्यान पुण्य गौतमसम्मलाई समेटेर १५४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सल्लाहकार परिषद्को सभापति भने चयन गरिएको छैन । नेकपा एसको सल्लाहकार परिषद्‌मा लेखक तथा राजनीतिक विश्लेषक प्रा।कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराईदेखि भाइरलम्यान...

मुख्यमन्त्री शाक्य माथि विश्वासको मतदान समय सार्न एमालेको आग्रह

मकवानपुर । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यमाथि विश्वासको मतमा मतदान गर्ने समय केही दिन पर सार्न नेकपा (एमाले) ले आग्रह गर्ने भएको छ । एमाले वागमती प्रदेश संसदीय दलले पार्टीको वडा अधिवेशनका कारण नेता, कार्यकर्ता व्यस्त हुने भएकाले भोलि लिने भनिएको विश्वासको मतदानलाई केही दिन सार्न प्रदेश संसद सचिवालयलाई...

एमालेमा फुटको असर देखिएन, प्रतिस्पर्धा गर्न निकै कठीन छ: रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माधवकुमार नेपाल समूह चोइटिए पनि एमाले कमजोर नभएको बताएका छन । धादिङमा भएको एक कार्यक्रममा पौडेलले एमाले पार्टी नफुटेको समेत जिकिर गरेका छन । ‘एमालेसितको लडाइँ सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’...

वर्षापीडित परिवारलाई तुरुन्त राहत प्याकेज घोषणा गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको ब्यवस्था गर्न सरकारसँग माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज प्रेस विज्ञप्ति जारी गरी पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभएको हो...

कोमल वलीसहित ४ नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्द भएको हो । एमालेको...

भैरहवामा गृहमन्त्रीको शक्ति प्रदर्शन,९९ किलोको माला

भैरहवा । गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला र गृहनगर पुग्नुभएका गृहमन्त्री बालकृष्ण खाँणको विमानस्थलमै तामझामका साथ स्वागत गरिएको छ । उहाँलाई कार्यकर्ताहरुले ९९ किलोको माला लगाइदिएका छन् । मन्त्रीको स्वागतमा आज बिहानैदेखि कांग्रेस नेता तथा कार्यकर्ताको भैरहवास्थित गौतमबुध्द विमानस्थलमा थामिनसक्नुको भीड थियो । भीआईपी कक्षमा खुट्टा राख्ने ठाउँ नभएपछि...

फोन गर्दै नेता फकाउँदै

काठमाडौँ । मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्। अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला...