समाज/राजनीति
१० औं महाधिवेशनमा पाँच लाख कार्यकर्ता सहभागी हुने एमालेको दाबी
चितवन । नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ। शुक्रबार बिहान भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा एमाले बाग्मती प्रदेशले महाधिवेशनको तयारी तीब्र रुपले अघि बढाएको जनाएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ। त्यसका लागि उपयुक्त स्थानको...
एमसीसी यही संसदबाट जस्ताको तस्तै पारित हुन्छ : प्रधानमन्त्री
धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संघीय संसदबाट पारित हुने बताउनुभयो । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताउनुभएको हो । एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री...
अर्ली इलेक्सनबारे देउवाले भने– गठबन्धनका नेतासँग परामर्श गर्छु
धनगढी । बैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसबारे सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन् । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् । पत्रकारहरुहरुले अर्ली इलेक्सनको सम्भावनाबारे सोधेको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने,...
मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने
मकवानपुर। वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपनि कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो...
एमालेको १०औँ महाधिवेशन चितवनमा
काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । बैठक भोलि दिउँसो २ बजे पुनः बस्नेछ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।
मुख्यमन्त्रीले दोहोरो चरित्र देखाउनुभयो, हामी अलमलमा छौँ : विवेकशील साझा
मकवानपुर। वागमती प्रदेशसभामा विवेकशील साझा पार्टीले मुख्यमन्त्री लाई विश्वासको मत दिनेरनदिनेमा अलमल रहेको बताएको छ । बिहीबार मुख्यमन्त्री शाक्यले मागेको विश्वासको मतमाथि छलफलमा बोल्दै पार्टीका नेता रमेश पौडेलले मुख्यमन्त्रीले दोहोरो चरित्र देखाएकाले आफूहरू अलमलमा रहेको बताए । मुख्यमन्त्री शाक्य ‘हिजो प्रतिगमनको विपक्षमा भएको तर अहिले प्रतिगमनकारीसँग मिलेको’ भन्दै उनले...
‘राजनेता’ केपी ओलीको सपना पूरा गर्न हामी तयार छौँ : रामेश्वर फुयाल
मकवानपुर । नेकपा एमाले वाग्मती प्रदेश नेकपा एमालेका नेता रामेश्वर फुयालले आफूहरू ‘राजनेता’ केपी शर्मा ओलीको सपना पूरा गर्न तयार भएको बताएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मागेको विश्वासको मतमा भएको छलफलमा भाग लिँदै उनले आजीवन सूर्य चुनाव चिन्हको पछाडि लागेर राजनीति गरेकाहरूको हिसाब नेपाली जनताले गर्ने बताए ।...
विश्वासको मतमा मतदान नगरी बागमती प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित
मकवानपुर । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।
‘अष्टलक्ष्मीजी प्रतिगमनको कित्तामा उभिएकाले सहयोग गर्न सकेनौं’ : राजेन्द्र पाण्डे
मकवानपुर । नेकपा समाजवादीका उपाध्यक्ष एवं वागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिगमनकारी कित्तामा उभिएका कारण वर्तमान प्रदेश सरकार फेर्नुको विकल्प नरहेको बताए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफैं प्रतिगमनविरुद्ध लडेको भए पनि अन्तिममा सोही कित्तामा उभिएकोले साथ दिन नसकेको उनको भनाई छ । ‘हिजो अष्टलक्ष्मीजीलाई मुख्यमन्त्री प्रस्ताव गरेर डोरमणिजीविरुद्ध...
मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने अवस्था छैन : बानियाँ
मकवानपुर । कांग्रेसको वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको बताएका छन् । ‘यो प्रक्रियालाई धेरै नलम्ब्याऔं । अब मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन । हाम्रो गठबन्धनमा बहुमत जुटिसकेको छ,’ प्रदेशसभाको बैठकमा बोल्दै उनले भने, ‘सबैभन्दा राम्रो मार्गप्रशस्त गरिदिनुभएको भए राम्रो हुन्थ्यो...








