समाज/राजनीति

जमरकट्टेलले भने – ‘मुख्यमन्त्रीज्यू राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्’

मकवानपुर। वागमती प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं माओवादी सांसद शालिकराम जमरकट्टेलले राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सुझाव दिएका छन् । सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभालाई आफूखुसी चलाउन खोजेको भन्दै जमरकट्टेलले ढिलाइ गर्नुभन्दा मार्गप्रशस्त गर्नु नै मुख्यमन्त्रीको हितमा हुने चेतावनी दिएका हुन् । ‘प्रदेशसभाबारे एउटा सहमति गरे पनि...

बागमतीको मुख्‍यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव

मकवानपुर। बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए । बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । तर शाक्यको पक्षमा प्रदेशसभामा...

‘संविधानको भावनाअनुसार नै मैले विश्वासको मत माग गरेको छु’ : मुख्यमन्त्री शाक्य

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूले संविधानको भावनाअनुसार नै विश्वासको मतको प्रस्ताव दर्ता गरेको बताएकी छन् । प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले वर्तमान सरकारले संविधान विपरीत अध्यादेश ल्याएर दल विभाजन गरेकोको पनि बताइन् । उनले आफूलाई मुख्यमन्त्री बनाउनेहरुले नै सोही दिनदेखि आफूविरुद्ध गतिविधि गरेको...

हेलिकप्टरबाटै पहिरोप्रभावित क्षेत्र हेरेर फर्किए प्रधानमन्त्री

बझाङ । बाढी र पहिरोबाट भएको क्षति अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर, पहिरो प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ...

पाण्डे वागमतीको मुख्यमन्त्री बन्‍ने निश्‍चित

मकवानपुर । वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो । मुख्यमन्त्रीका लागि कांग्रेस नेता ईन्द्र बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवा...

पुन : एमालेमै फर्किए कैलाश ८ का वडा अध्यक्ष थिङ्ग

मकवानपुर । एमाले विभाजन पछि माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजबादी) मा सनाखत गरेका मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङ्ग पुनः एमालेमा फर्किएका छन् । आज हेटौंडा पुष्पलाल पार्क स्थित एमाले मकवानपुरको जिल्ला पार्टी कार्यलयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य एवं...

वागमती प्रदेशसभाको बैठकमा एमाले सहभागी हुने, मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने

मकवानपुर । वागमती प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सत्तारुढ नेकपा एमाले सहभागी हुने भएको छ । एमालेले पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभाको वैठकमा सांसदहरु उपस्थित हुन नसक्ने भन्दै बैठकमा सहभागी नहुने बताएको थियो । तर मन्त्रीहरुको...

वागमती प्रदेशमा मुख्यमन्त्रीको नाम टुंग्याउन गठबन्धनलाई सकस

मकवानपुर । वागमती प्रदेश सरकार विपक्षी गठबन्धनमा आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय अझै सहमति हुन सकेको छैन । अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले असोज २४ गते नै सदनबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि विपक्षी गठबन्धनमा सरकारको नेतृत्वको विषयलाई लिएर विवाद उत्पन्न भएपछि मत विभाजनको प्रक्रिया...

प्रधानमन्त्रीको टोली निस्कियो बाढी प्रभावित क्षेत्रको अवलोकनमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर...

मुख्यमन्त्री शाक्यको विश्वासको मतको छिनोफानो आज

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि राखेको प्रस्तावको टुंगो आज लाग्दैछ । नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले गत अजोस २४ गते विश्वासको मतका लागि प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव आज अपराह्न ४ बजे बागमती प्रदेशसभा बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । १०९ प्रदेशसभा सदस्य...