हेलिकप्टरबाटै पहिरोप्रभावित क्षेत्र हेरेर फर्किए प्रधानमन्त्री

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १६:३२

बझाङ । बाढी र पहिरोबाट भएको क्षति अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो ।

तर, पहिरो प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ लागेका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकप्टर अवतरण हुन नसकेको हो ।

‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर ३–४ पटक अवतरण गर्ने प्रयास गरियो,’सीडीओ अधिकारीले भने, ‘तर असफल भएपछि उहाँ बैतडीतर्फ जानु भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*