समाज/राजनीति

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् । सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति...

राप्रपा नेपालको अध्यक्षमा कमल थापा

काठमाडौं । राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी...

४ फागुनमा संसदमा टेबल हुनसक्छ एमसीसी !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत भएका छन् । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी टेबल हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि (सोमबार) बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग...

महाभियोग दर्तापछि प्रधानन्यायाधीश निलम्बनमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनी निलम्बनमा परेका छन् । संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका छन् । संविधानको धारा १०१ मा यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्धको महाभियोगको...

एमसीसीको विषयमा सिर्जना गरिएको विवाद निरर्थकः महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। जनकपुरमा शनिबार सञ्चारकर्मीसँग ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताए। सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनका लागि यो महत्वपूर्ण विषय भएको...

एउटा खोप पनि हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा

मोरङ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एउटा पनि कोरोनाविरुद्धको खोप नहराएको दाबी गरेका छन् । विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले खोपको तथ्यांक नभएको भन्ने विषय राजनीतिक प्रोपोगण्डा मात्रै भएको बताएका हुन् । ‘कुन देशबाट कुन कुन खोप कति आएको र त्यो कुन प्रदेश र पालिकामा कति पठाएको...

विभिन्न पार्टी परित्याग गरि हेटौँडामा १ सय ५ जना एमाले प्रवेश

मकवानपुर । विभिन्न पार्टी परित्याग गरि हेटौँडामा १ सय ५ जना एमाले प्रवेशमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कांग्रेस तथा अन्य विभिन्न दलहरु परित्याग गरि आज हेटौँडामा १ सय ५ जना एमालेमा प्रवेश गरेको हो । शनिवार हेटौँडामा भएको कार्यक्रमबिच राप्रपा हेटौँडा उपमहानगर वडा नंबर...

म्यानमारद्वारा ८२१ कैदीलाई माफीको घोषणा

याङ्गुन । म्यानमारले कारागारमा रहेका ८२१ कैदीलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका कैदीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात विदेशी रहेका छन् । उनीहरुलाई हीरक एकता दिवको अवसरमा आम माफी दिने निर्णय सरकारले गरेको अधिकारीले जानकारी दिएका छन् । म्यानमारका थप छ महिनाका लागि...

अमेरिकाको धम्कीले एमसीसी चीनविरुद्ध रहेको झन् प्रष्ट भयोः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमसीसी पारित नगरे नेपाल नीतिमा पुनर्विचार गर्ने भनी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई धम्की दिएकोप्रति आपत्ति जनाएका छन् । अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका नेताहरुलाई टेलिफोन गरेर धम्की दिनु कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । गत...