महाभियोग दर्तापछि प्रधानन्यायाधीश निलम्बनमा

अखबार हब
२०७८ फाल्गुन १, आईतवार १२:१५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनी निलम्बनमा परेका छन् ।

संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका छन् ।

संविधानको धारा १०१ मा यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्धको महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुने उल्लेख छ ।

प्रधानन्याधीश राणाविरुद्ध सत्ता गठबन्धनका तर्फबाट सांसद गगन थापा, माओवादी केन्द्रका देव गुरुङ र एकीकृत समाजवादी पार्टीका जीवनराम श्रेष्ठलगायत संसद् सचिवालय पुगेका छन् । जम्मा ९८ सांसदको हस्ताक्षरमा दर्ता गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*