समाज/राजनीति
एमसीसी पास गर्न हाम्रो समर्थन हुन्न : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन...
एमसीसी सम्झौता टेबल गरेर फागुन १२ गतेसम्म संसद स्थगित
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमसीसी सम्झौता संसदमा पेश...
एमसीसी टेबल गर्दा सत्तारुढ सांसदकै विरोध, रोष्ट्रममै पुगे झलनाथ
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल गर्दा सत्तारुढ दलका सांसदहरु नै विरोधमा उत्रिएका छन् । एमाले सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको तर्फबाट एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा...
आँखा चुनाव चिह्न लिएर कसले दर्ता गर्यो नयाँ पार्टी ?
काठमाडौं । कुनै बेला डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । ‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् । जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र...
शेरबहादुरजीले एमसीसी कि गठबन्धन एउटा रोज्नुपर्छ : शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा सत्ता गठबन्धन टुट्न सक्ने बताए । ‘एमसीसी पास गराउने कि सत्ता भन्ने विकल्प शेरबहादुरजीले रोज्नुपर्छ’ उनले...
राप्रपा प्रवेश गरे ज्ञानेन्द्र शाही
काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे । एकता घोषणा नहुँदै...
कुरा मिलेन भने गठबन्धन चल्दैनः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा...
गठबन्धनमा जुटेन सहमति, आज पनि बैठक
काठमाडौँ । अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान ९ बजे फेरि बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई जतिसक्दो छिटो संसद्मा अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेकाले शुक्रबारको बैठकमा सहमति...
गठबन्धन बैठकमा देउवाको चेतावनी ‘जे सुकै गर्नुस्,शुक्रवार एमसिसी टेबल हुन्छ’
काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलका नेताहरूबिच अमेरिकी सहयोग परियोजना संसद्मा टेबल गर्ने विषयमा सहमति नभए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार कुनै पनि हालतमा टेबल गर्ने चेतावनी दिएका छन्। माओवादी केन्द्र अनि एकीकृत समाजवादीका नेताहरू एमसिसी सम्झौता संसद्मा टेबल गर्नु भन्दा संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई मनाउन...
सत्ता गठबन्धन दलको बैठक सकिए लगत्तै बालकोट पुगे देउवा
काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरूबिच तीन घण्टा भएको छलफलमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता संसद्मा टेबल गर्नेबारे सहमति नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट निस्किएर बालकोट पुगेका छन्। देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चा नेपाल एमसिसी टेबल...










