समाज/राजनीति
एक वर्षपछि ओली–प्रचण्ड ‘वान टु वान’
काठमाडौं । नेकपाकालीन तिक्ततापूर्ण विभाजनपछि पहिलोपटक केपी ओली र प्रचण्डबीच खुलेर छलफल भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरुमा दुई नेतामात्र वान टु वान वार्ता गरेका थिए । त्यसपछि वार्तामा अन्य नेता पनि मिसिए । २०७७ पुस ४ गते एउटै पार्टीका अध्यक्षको हैसियतमा दुई नेताबीच खुमलटारमा अन्तिम वार्ता...
स्थानीय तह निर्वाचनका लागि आयोगमा २९ दल दर्ता
काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि हालसम्म २९ वटा दल दर्ता भएको छ । आयोगको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जानकारी दिए । यस अघि दशवटा राजनीतिक दलले निवेदन दिएका थिए । यसरी निर्वाचनमा...
नेकपा माओवादी केन्द्र मकवानपुरको संयोजकमा घलान
मकवानपुर। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान (मधु) चयन भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको बिहीबार काठमाण्डौंमा बसेको दोस्रो पूर्ण बैठकले घलानलाई संयोजक चयन गरेको प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) ले बताए । बैठकले जिल्ला समन्वय समिति मकवानपुरको सचिवमा भीम पाख्रिनलाई...
काँग्रेस सभापतिका दाबेदार आनन्दरामद्वारा १४ बुँदे प्रतिबद्धता सार्वजनिक
मकवानपुर । नेपाली काँग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । अन्य जिल्लामा फागुन १५ बाट मिति सारेर २० पुर्याएपनि मकवानपुरमा १५ गतेनै अधिवेशन हुने निश्चित भएपछि चुनावी तयारीलाई तीब्रता दिएका पराजुलीले आफुलाई मत दिन अपिल गर्दै प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।...
एमसीसीमा सभामुखको सहज विकल्प मतविभाजन
काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीमाथि सामान्य (सैद्धान्तिक) छलफल गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार सामान्य छलफलले कति समय लिन्छ भन्ने यकिन हुँदैन । किनभने यो विषयमा कति जना सांसदले बोल्छन् भन्ने विषयले छलफलको समय निर्धारण गर्छ । पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामुखहरु, बहालवाला प्रधानमन्त्री, विपक्षी...
आज प्रतिनिधिसभा बस्दै, एमसीसी सम्झौताबारे छलफल सुरु हुने
काठमाडौं । प्रतिनिध सभाको बैठक आज (बिहीबार)बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी...
कांग्रेसले गुटको होइन, विचारको राजनीति गर्छ : लामिछाने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार जयराम लामिछानेद्वारा कांग्रेसले गुटको नभइ विचारको राजनीति गर्ने बताएका छन् । बुधबार हेटौंडामा प्रजातान्त्रिक एवम् लोकतान्त्रिक बिचार बोकेका बुद्धिजीवि व्यक्तिहरु र शुभेच्छुक संस्थाहरुका प्रतिनिधिसँग छलफल तथा विचार संकलन कार्यक्रम आयोजना गर्दै लामिछानेले समृद्ध कांग्रेस सुखी नेपाली कसरी बनाउन सकिने भनेर...
सरकार र सडकमध्ये एक छोड्नुपर्छः मन्त्री झाँक्री
चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । उनले भने, ‘कि त सरकार छोडेर सडकमा जानु पर्यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।’...
तारिख नधाएपछि मन्त्री रायमाझीको पद संकटमा
रुपन्देही । अदालती प्रक्रियाको वेवास्ता गर्दा लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको पद तामेलीमा परेको छ । यसअघि एमाले नेतृत्वको सरकारमा राज्यमन्त्री बनेको भन्दै जसपाले गरेको कारबाहीविरुद्ध अदालतमा रहेको उनको मुद्दा तारेख लिन नगएका कारण तामेलीमा परेपछि उनलाई थप संकट परेको हो । जसपाले उनीसहित मन्त्री...
एमाले मकवानपुरको चुनावी तयारीः बिहानै मतदान, चोकचोकमा माहौल सिर्जना
मकवानपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमाले मकवानपुर निर्वाचनको तयारीमा जुटेको छ । एमाले मकवानपुरले मंगलबार हेटौंडा–५ स्थित पार्टी कार्यालयमा दशवटा स्थानीय तह जनप्रतिनिधिको भेलाले विहानै मतदान गर्नेदेखि, चोकचोकमा एमालेको पक्षमा माहौल सिर्जना गर्न र अवस्थाको मूल्यांकन गर्न कार्यकर्ता खटाइने रणनीति अलवम्बन गर्ने भएको हो । ‘हामी...










