समाज/राजनीति
बृषेशचन्द्र लाल समूहले छाड्यो लोसपा, तमलोपा पुनर्गठन गर्ने तयारी
जनकपुरधाम । कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी लालले लोसपा परित्याग गरेको र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको बताएका छन् । लाल राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । लालसँगै संविधानसभा सदस्य...
नेपाल बारको निर्वाचन तालिका प्रकाशित
काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । तालिका अनुसार बारले मंगलबार (आज) मतदाता नामावली प्रकाशित गर्ने छ । तालिका अनुसार, २३ फागुन २०७८ मा उमेद्वारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साताभन्दा बढी प्रचारप्रसारका लागि समयावधि मिलाइएको छ ।...
विद्युतीय मतदानमा आयोगको अरुचि, कागजी मतपत्रलाई नै प्राथमिकता
काठमाडौँ । निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गराउन सुझाव दिए पनि आयोगले कागजी मतपत्रलाई नै प्राथमिकता दिने भएको छ । विद्युतीय मतदान प्रक्रिया अपनाउने विषयमा पदाधिकारीबीच विवाद भएको भन्दै आयोग पन्छिन लागेको हो । आयोगका एक सदस्यले विद्युतीय मतदानको चर्को विरोध गरेपछि प्रमुख...
काँग्रेस जिल्ला अधिवेशनः सभापतिका उम्मेदवार लामिछानेको बढ्दो सक्रियता
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन नजिकिएसँगै सभापतिका प्रत्यासी जयराम लामिछानेले आफ्नो सक्रियता बढाएका छन् । यही फागुन १५ गते नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन हुँदैछ । अधिवेशन लक्षित उनले आज हेटौंडा उपमहानगरपालिका स्तरीय प्रतिनिधिहरूको भेटघाट कार्यक्रम आयोजना गरेका हुन् । पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा आफू मकवानपुरको...
चुनावका लागि निर्वाचन आयोगमा नयाँ तीन दलसहित १० दल दर्ता
काठमाडौं । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन दलले स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३,...
राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेका छन् । ‘पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । केन्द्रीय समिति बैठकमा महाधिवेशन दौरान निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्नुपर्ने विषय उठान गरेकोमा नेतृत्वले बेवास्ता गरेको भन्दै बर्तौलाले साधारण सदस्यसमेत...
देउवाले एमसीसीमा बहुमत पुर्याउन सक्लान् ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन् । एमसीसी पारित गर्न देउवालाई गठबन्धनका दलहरुको पूर्ण...
७ निर्णय गर्दै सकियो काँग्रेस बागमती प्रदेश समितिको दोश्रो बैठक
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको दोश्रो बैठक विभिन्न ७ निर्णय गर्दै सिन्धुपाल्चोकको सुकुटेमा आइतवार राती समापन भएको छ । काँग्रेस बागमती प्रदेशको दोश्रो पूर्ण बैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको...
एमसीसी पास गर्न हाम्रो समर्थन हुन्न : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन...
एमसीसी सम्झौता टेबल गरेर फागुन १२ गतेसम्म संसद स्थगित
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । एमसीसी सम्झौता संसदमा पेश...










