गठबन्धन बैठकमा देउवाको चेतावनी ‘जे सुकै गर्नुस्,शुक्रवार एमसिसी टेबल हुन्छ’

अखबार हब
२०७८ फाल्गुन ५, बिहीबार २१:०९

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलका नेताहरूबिच अमेरिकी सहयोग परियोजना संसद्मा टेबल गर्ने विषयमा सहमति नभए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार कुनै पनि हालतमा टेबल गर्ने चेतावनी दिएका छन्।

माओवादी केन्द्र अनि एकीकृत समाजवादीका नेताहरू एमसिसी सम्झौता संसद्मा टेबल गर्नु भन्दा संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई मनाउन केन्द्रित भएपछि देउवाले टेबल गर्ने चेतावनी दिएका हुन्।

सहमतीकै आधारमा अगाडि बढ्न सरकारले बुधवार टेबल गर्ने तयारी छाडेको तर जति छलफल गरे पनि सहमति हुने नदेखिएको भन्दै उनले बैठकमा भनेको भनाई उद्धृत गर्दै भनेु सहमति गर्ने भनेर खाली झुलाउने काम मात्र भयो। भोलि सरकारले संसद्मा सम्झौता टेबल गर्छ। तपाइहरू जे गर्नुहुन्छ गर्नुस्।ु

तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले अझैँ छलफल गरेर सबै दलको सहमतिपछि मात्रै एमसिसी टेबल गर्नु राम्रो हुने सुझाव दिएका थिए। नेताहरूको कुरा सुनेर प्रधानमन्त्री देउवा बैठकमा रिसाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*