खेलकुद

चितवनलाई ८ विकेटले पराजित गर्दै मकवानपुर फाइनलमा

मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट खेलमा चितवनलाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको छ । चितवनस्थित निर्माणाधिन गौतमबुद्ध रंगशालामा आइतबार भएको पहिलो सेमीफाइनल खेलमा घरेलु टोली चितवनलाई ८ विकेटले पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । टस जितेर मकवानपुरले पहिले बलिङ गरेको थियो । चितवनले निर्धारित...

प्रदेश खेलकुद प्रतियोगिता : पुरुष फुटबलको उपाधि मकवानपुरलाई

मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ । आज हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो।

प्रथम निजगढ उपमेयर महिला फुटबल : एसवाईसी रामथलीको विजयी सुरुवात

बारा । ‘हाम्रो गोल, महिला हिंसाविरुद्ध बोल’ भन्ने मुल नाराका साथ शनिबारबाट सुरु भएको प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल खेलको उद्घाटन खेलमा एसवाईसी रामथली विजयी भएको छ । निजगढ नगरपालिकाको सहयोग र चौतारा युवा क्लबको आयोजनामा नेत्रोदय मावि निजगढ– ७ को प्राङ्गनमा सुरु भएको खेलमा एनएफसी निजगढ ९...

बागमतीमा जारी प्रतियोगितामा पुलिसको फराकिलो जित

सर्लाही । सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपाल पुलिसले फराकिलो जित निकालेको छ । बुधबार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल पुलिसले नवजनजागृति क्लब सिमरालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलको २०औँ मिनेटमा फ्रिकिक मार्फत गोल...

सिन्धुलीलाई ३–० गोल अन्तरले पराजित गर्दै मकवानपुर सेमिफाइनलमा

मकवानपुर । हेटौंडामा जारी प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फको खेलमा मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा सिन्धुलीलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । मकवानपुरको जीतमा ललित चौलागाईंले १८ औं मिनेटमा, सुनिल घलानले ४५...

६ महिनापछि एक दिवासीय अन्तर्राष्ट्रिय क्रिकेटमा पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । युएईको सारजाँह रंगशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको छ । ६ महिनापछि एकदिवशीय अन्तर्राष्ट्रि क्रिकेट खेल्न लागेको नेपालको टिममा आज सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गर्दैछन् । अफ स्पिनर सागरले...

स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा मिश्र

मकवानपुर । स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा नवीन मिश्र चयन भएको छ । आइतबार भएको अन्तक्र्रिया तथा भेलाले मिश्रको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । स्पोर्टस् यूनियन नेपालका केन्द्रीय संयोजक बागमती प्रदेश सभा सदस्य, तथा नेकपा एमाले केन्द्रीय सदस्य सीता लामाको प्रमुख आतिथ्यता र नेकपा एमाले...

नुवाकोटविरुद्ध मकवानपुर ३–० गोल अन्तरले विजयी

मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् हेटौंडामा आज भएको पुरुष फुटबल प्रतियोगितामा मकवानपुर विजयी भएको छ । मकवानपुरले आफ्नो पहिलो खेलमा नुवकोटलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । सोमबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फुटबलमा मकवानपुरले नुवाकोटलाई ३–० अन्तरले पराजित गरेको हो । मकवानपुरको जीतमा...

इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको आयोजनामा २७ फाल्गुनबाट गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच गाउँपालिकाको अध्यक्ष जीवन लामाले प्रतियोगिताको उद्घाटन गरेको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र...

नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण लिने

काठमाडौं । नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण गर्ने भएका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश कुमार बम, गुलशन कुमार झा र कुशल मल्लसँगै यू–१९ राष्ट्रिय टिमका कप्तान देव खनाल र यू–१९ टिमकै मोहमम्द आदिल अन्सारीले भारतमा प्रशिक्षण गर्ने भएका हुन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार पाँच क्रिकेटर...