खेलकुद

बागमती गोल्डकपको आठौँ संस्करण बैशाखमा

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी बैशाखमा हुने भएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो। बागमती खेलकुद विकास समितिका संयोजक रहर सिं थिङले आगामी बैशाख १७ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने बताए। प्रतियोगितामा आयोजकसहित १०...

हेटौंडामा नयाँ खेल मैदान निर्माण गर्ने तयारीमा सिग्देल

हेटौंडा । मकवानपुरको हेटौंडामा नयाँ सार्वजनिक मैदान निर्माणकाे तयारी भईरहेकाे छ । हेटौंडा -४ नम्बर वडास्थित भुटनदेवी माध्यमिक विद्यालयकाे पूर्वी क्षेत्रमा खेल मैदान निर्माण गर्न लागिएकाे हाे । नियमित खेलकुद गतिविधि सञ्चालन गर्न, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायामका क्रीयाकलाप सञ्चालन गर्ने उदेश्यले बहुउदेश्यीय मैदान निर्माण गर्न लागिएकाे...

अखिल क्रान्तिकारी कपको उपाधि तासिर एकेडेमीलाई

मकवानपुर ।अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा हेटौंडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साईड अण्डर १६ बिद्यालय स्तरीय फूटबल प्रतियोगिताको उपाधि तासिर एकेडेमीले जितेको छ । मंगलबार हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा तासिर एकेडेमीले रस्सल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।...

साम्बालाई सञ्चारिका समूह मकवानपुरको सम्मान

हेटौंडा।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ हेटौँडामा सम्मानित भएकी छन् । सञ्चारिका समूह नेपाल मकवानपुरले हेटौंडामा ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रम आयोजना गरेर ५० हजार रुपैयाँसहित साम्बालाई सम्मान गरेको हो । साम्बालाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा स्क्लु अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, प्रजिअ स्किम...

ई–स्पोर्ट्स एरिना प्रतियोगिता गर्दै हेटौंडा सिटी कलेज 

हेटौँडा । हेटौँडामा ई–स्पोर्ट्स एरिना प्रतियोगिता हुने भएको छ। हेटौँडाको हेटौंडा सिटी कलेज र जेनिथ इन्टरनेशनल विद्यालयको संयुक्त आयोजनामा बुधबार देखि दोस्रो संस्करणको ई–स्पोर्ट्स एरिना प्रतियोगिता हुने भएको हो। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले प्रतियोगितामा सहभागी हुनका लागि कम्तीमा १६ वर्ष उमेर पुगेको र एसईई...

महिला गोल्डकपमा ८ लाख ३५ हजार मुनाफा, तलब भत्तामै सकियो ७ लाख ५६ हजार

हेटौँडा । सातौं स्थानीय तह शहिद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा ८ लाख भन्दा बढी मुनाफा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले प्रतियोगिता सकिएको २ महिनापछि आयव्यय विवरण सार्वजनिक गर्दै ८ लाख ३५ हजार मुनाफा भएको जानकारी गराएको हो । प्रतियोगितामा ६४...

हेटौंडाका बानियाँ राष्ट्रिय खेलकुद पत्रकार पुरस्कारबाट पुरस्कृत

हेटौंडा । हेटौंडामा रहेर खेलकुद पत्रकारिता गर्दै आइरहेका बिक्रम बानियाँ राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साह पुरस्कारबाट पुरस्कृत भएका छन् । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले वार्षिक रुपमा प्रदान गर्दै आएको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट हेटौंडाका बानियाँ पनि पुरस्कृत भएका हुन् । बानियाँ गोलनेपाल डटकमसँग आबद्ध छन् । उनले विशेषतः...

रोशन र मधुसूदनको टीमले जित्यो थाहा नगर ब्याडमिन्टन प्रतियोगिताको उपाधि

थाहा । मकवानपुरको थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको संयोजनमा आयोजित छैटौं उपमेयर कप डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ब्याडमिन्टन कभर्डहलमा संचालन भएको प्रतियोगिताको उपाधि रोशन गोपाली र मधुसूदन चौधरीको टीमले जितेका छन्। आईतबार सम्पन्न फाईनल खेलमा साविक...

थाहा नगर उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

मकवानपुर । छैठौं संस्करणको थाहा नगरस्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा असार ७ गते शनिवारदेखि सुरु हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहनेछ। थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको शुक्रबार खेल...

आयोजक मकवानपुरलाई हराउँदै चितवन महिला गोल्डकपको सेमिफाइनलमा

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा हेटौंडामा आज बाट सुरु भएको महिला गोल्डकपको उद्घाटन खेलमा चितवन जिल्ला फुटबल संघले जीन सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गतको खेलमा आयोजक मकवानपुरलाई पेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेसँगै चितवन जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको...