खेलकुद
लिगविजेता मछिन्द्रलाई हराएर पिप्लेले जित्यो राजर्षि जनक गोल्डकप
मकवानपुर । लिगविजेता मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा हराउँदै पिप्ले युवा क्लबले राजर्षि जनक गोल्डकपको उपाधि जितेको छ। बागमती क्लबले आयोजना गरेका गोल्डकपमा पिप्लेले मछिन्द्रलाई पेनाल्टीमा ४–३ ले हराउँदै उपाधि जितेको हो। प्रतियोगितामा आआफ्नो पोलबाट मच्छिन्द्र र पिप्ले क्लब फाइनल पुगेका थिए। पिप्लेको पोलमा मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा क्लब, एनआरटीलगायतका...
प्रथम नगरस्तरीय उपमेयर महिला फुटबलको उपाधि निजगढ सिटीलाई
बारा । प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिताको उपाधि निजगढ सिटीले हात पारेको छ । ‘हाम्रो गोल, महिला हिंसाविरुद्धको बोल’ भन्ने मुल नाराका साथ सुरु भएको प्रथम प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा आयोजक चौतारा युवा क्लबलाई (०–१) गोल अन्तरले पराजित गर्दै निजगढ सिटी विजयी भएको हो । खेलको...
बागमती प्रदेश खेलकुद प्रतियोगिता : २१ स्वर्णसहित चितवन पहिलो,फुटबलमा मकवानपुरको शानदार जीत
मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला टिमच्याम्पियन बनेको छ । शनिबार सकिएको बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन च्याम्पियन बनेको हो । चितवनले २१ स्वर्ण, १९ रजत र १४ काँस्य हात पार्यो । बागमती प्रदेश खेलकुद विकास परिषदद्रा आयोजित प्रतियोगिताको...
एकदिवसीय अन्तर्राष्ट्रियमा पनि सन्दीपले पूरा गरे ५० विकेट
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई क्रिकेट) मा ५० विकेट पूरा गरेका छन् । शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गरेका हुन् । सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये...
नेपाल पीएनजीसँग ६ रनले पराजित
काठमाडौं । युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ । २९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाउन सक्यो । रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङमा खेले पनि...
हेटौंडामा सुरु भयो रेपिड बुद्धिचाल मेयर कप प्रतियोगिता
मकवानपुर । हेटौंडामा रेपिड बुद्धिचाल मेयर कप प्रतियोगिता सुरु भएको छ । नेपाली खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटना गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बुद्धिचाल पनि कोठाभित्र खेलिने महत्वपूर्ण खेल रहेको बताए...
चौतारा फाइनलमा, उपाधिका लागि निजगढ सिटीसँग भिड्ने
बारा । प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिता अन्तर्गत् आज भएको खेलमा चौतारा युवा क्लव फाइनलमा प्रवेश गरेको छ । अब चौताराले उपाधिका लागि निजगढ सिटीसँग प्रतिस्पर्धा गर्नेछ । निजगढ– ७ स्थित नेत्रोदय माविको प्राङ्गणमा भएको अन्तिम सेमिफाइनल खेलमा नमोबुद्ध युवा क्लवलाई २–० गोलअन्तरले पराजित गर्दै चौतारा अन्तिम...
आत्मघाती गोल उपहार पाएको निजगढ सिटी फाइनलमा
बारा । निजगढ सिटी निजगढ–५, प्रथम नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार निजगढ–७ नेत्रोदय माविको प्राङगणमा जारी प्रतियोगितामा कोशिका मगरको एक गोल र एक आत्माघाती गोल उपहार पाएको निजगढ सिटीले एसवाइसी रामथली डम्बरपुर निजगढ–१२ लाई २–१ ले पराजित गर्दै फाइनल खेल यात्रा सुरक्षित बनाएको...
‘सडनडेथ’बाट विजयी भएसँगै नमोबुद्धको भेट आयोजकसँग
बारा । नमोबुद्ध युवा क्लब ‘सडनडेथ’मा विजयी हुँदै ‘प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिता–२०७८’ को सेमिफाइनलमा प्रवेश गरेको छ । निजगढ–७ नेत्रोदय माविको प्राङ्गणमा जारी प्रतियोगिताको दोस्रो हाफको १८ औं मिनेटमा रतनपुर युनाइटेडकी विपना श्रेष्ठले १ गोल गर्न सफल भएकी थिइन्, लगतै २२ औं मिनेटमा नमोबुद्धको लागि सुनैना...
चैत २४ देखि राष्ट्रिय महिला बिच भलिबल
पाल्पा । जिल्लाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट...










