खेलकुद

आज थाइल्याण्ड उड्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टोली

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड जाने भएको हो । नेपाली फुटबल टोलीलाई एन्फाले आईतबार नै बिदाइ गरेको थियो । टोली मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट...

’सडनडेथ’बाट निजगढ सिटी अघिल्लो चरणमा प्रवेश

बारा । निजगढ सिटी क्लब सडनडेथमा जीत हात पार्दै प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा विजयी भएको छ । निजगढ– ७ स्थित नेत्रोदय माविको प्राङ्गनमा जारी प्रतियोगिताको पहिलो हाफको १५ औं मिनेटमा फ्याफुल्ला युवा क्लव,डम्मरपुरकी जुना लामाले १ गोल गर्न सफल भएकी थिइन् तर, लगतै...

पिप्ले युवा क्लब हेटौडासगँ हिमालयन सेर्पा ३–० ले पराजित

सर्लाही । डिफेन्डीङ च्याम्पेन पिप्ले युवा क्लब हेटौडा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डीङ च्याम्पेन पिप्लेले हिमालयन सेर्पा काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुदेखिनै पिप्लेका...

चितवनलाई ८ विकेटले पराजित गर्दै मकवानपुर फाइनलमा

मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट खेलमा चितवनलाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको छ । चितवनस्थित निर्माणाधिन गौतमबुद्ध रंगशालामा आइतबार भएको पहिलो सेमीफाइनल खेलमा घरेलु टोली चितवनलाई ८ विकेटले पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । टस जितेर मकवानपुरले पहिले बलिङ गरेको थियो । चितवनले निर्धारित...

प्रदेश खेलकुद प्रतियोगिता : पुरुष फुटबलको उपाधि मकवानपुरलाई

मकवानपुर । बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ । आज हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो।

प्रथम निजगढ उपमेयर महिला फुटबल : एसवाईसी रामथलीको विजयी सुरुवात

बारा । ‘हाम्रो गोल, महिला हिंसाविरुद्ध बोल’ भन्ने मुल नाराका साथ शनिबारबाट सुरु भएको प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल खेलको उद्घाटन खेलमा एसवाईसी रामथली विजयी भएको छ । निजगढ नगरपालिकाको सहयोग र चौतारा युवा क्लबको आयोजनामा नेत्रोदय मावि निजगढ– ७ को प्राङ्गनमा सुरु भएको खेलमा एनएफसी निजगढ ९...

बागमतीमा जारी प्रतियोगितामा पुलिसको फराकिलो जित

सर्लाही । सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपाल पुलिसले फराकिलो जित निकालेको छ । बुधबार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल पुलिसले नवजनजागृति क्लब सिमरालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलको २०औँ मिनेटमा फ्रिकिक मार्फत गोल...

सिन्धुलीलाई ३–० गोल अन्तरले पराजित गर्दै मकवानपुर सेमिफाइनलमा

मकवानपुर । हेटौंडामा जारी प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फको खेलमा मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा सिन्धुलीलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । मकवानपुरको जीतमा ललित चौलागाईंले १८ औं मिनेटमा, सुनिल घलानले ४५...

६ महिनापछि एक दिवासीय अन्तर्राष्ट्रिय क्रिकेटमा पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । युएईको सारजाँह रंगशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको छ । ६ महिनापछि एकदिवशीय अन्तर्राष्ट्रि क्रिकेट खेल्न लागेको नेपालको टिममा आज सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गर्दैछन् । अफ स्पिनर सागरले...

स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा मिश्र

मकवानपुर । स्पोर्टस् यूनियन नेपाल मकवानपुरको संयोजकमा नवीन मिश्र चयन भएको छ । आइतबार भएको अन्तक्र्रिया तथा भेलाले मिश्रको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । स्पोर्टस् यूनियन नेपालका केन्द्रीय संयोजक बागमती प्रदेश सभा सदस्य, तथा नेकपा एमाले केन्द्रीय सदस्य सीता लामाको प्रमुख आतिथ्यता र नेकपा एमाले...