समाचार
आज गणेश चतुर्थी, यस्तो छ महत्व
भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो । हामी सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवता मान्छौं, साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै...
हेटौंडामा म्याजिकको ठक्करबाट परियारको मृत्यु
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङ राप्तिपुल स्थित पुर्व पश्चिम सडक खण्डमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नवलपुरबाट हेटौडा बजार तर्फ आउँदै गरेको ना १५ प ४१५७ नंबरको मोटरसाइकललाई हेटौंडा बजारबाट नवलपुर तर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०२५७ नंबरको म्याजिकले ठक्कर दिँदा मोटरसाइकल...
बागमती प्रदेशमा ४ कानुन निर्माण गर्न १५ करोडभन्दा बढी खर्च
हेटौंडा । बागमती प्रदेश सभाले एक वर्षमा ४ वटा कानुन निर्माण गरेको छ भने उक्त अवधिमा १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । प्रदेश सभाले गत आर्थिक वर्ष (२०८०/०८१) मा ४ वटा विधेयकमात्र पारित गरेको हो । जबकि समीक्षा अवधिमा प्रदेश सभाको खर्च १५ करोड ८५ लाख...
आज हरितालिका तिज, हिन्दु नारीहरुले महादेवको पूजा आराधना गरी मनाउँदै
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन...
बागमतीका कामु सचिव कार्की सचिवमा बढुवा
काठमाडौं । सरकारले बागमती प्रदेशका कायममुकायम (कामु) सचिव गोविन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि...
सुरु भयो तीज, आज दर खाने दिन
काठमाडौं। नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइती पक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका...
धार्मिक कार्यमा युवाको चासो बढ्नु सकारात्मकः कालाखेती
हेटौंडा । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले धार्मिक कार्यमा युवाको चासो बढ्नु सकारात्मक भएको बताएका छन् । बिहिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ श्रीकृष्ण मन्दिरमा सुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै अध्यक्ष कालाखेतीले अन्य स्थानमा सनातन धर्म संस्कृति जोगाउन युवाको चासो घट्दै गएको समयमा मनहरीका युवा...
हेटौंडा क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झर्यो
हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ। विद्युत् चुहाबट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०\८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको हो। हेटौँडा क्षेत्रमा...
न्वागीको अवसरमा मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा
हेटौंडा । चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसर पारेर मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनाम अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो । पालिकाले न्वागीको अवसरमा भदौ २१ गते र २२ गते सार्वाजनिक बिदा दिएको छ...
एलिसा हत्याका मुख्य आरोपित समीर खान पक्राउ
हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा भएको २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्यामा संलग्न मुख्य आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाका समीर खान रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए । खानलाई हेटौंडा उपमहानगरपालिका ५ लट्टिनाथ क्षेत्रबाट सोमबार प्रकाउ गरिएको हो ।...










