समाचार
सुनकोशी–तेस्रोको अध्ययन अन्तिम चरणमा, यस्तो हुनेछ आयोजना
काठमाडौं । सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जनाएको छ । प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव...
प्रधानमन्त्रीद्धारा कुश्मा—दाना प्रसारण लाइन र सबस्टेसनको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन् । साथै प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका—२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका छन् । ओलीले उक्त प्रसारण...
ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ भोलीदेखि विक्री खुला हुदैं
माघ २२, काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गते (भोली) देखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री गर्न लागेको हो । यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा...
तारागाउँ रिजेन्सी होटल्सले प्रस्तावित १० प्रतिशत लाभांश फागुन १४ गते पारित गर्ने
माघ २२, काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले प्रस्तावित १० प्रतिशत (कर समेत) नगद लाभांश फागुन १४ गते पारित गर्ने भएको छ । होटल्सले उक्त दिन २४औं वार्षिक साधारण सभा बोलाएको हो । होटल्सको रजिष्टर्ड कार्यालय, बौंद्ध , काठमाडौंमा विहान ११ बजेदेखि सभा सुरु हुनेछ । कोभिडको जोखिमलाई ध्यानमा...
यस्तो देखियो व्यवस्था जोगाउन माधव-प्रचण्डले गरेको आम हड्ताल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन र संबैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेको बिरोधमा नेकपा(माधव प्रचण्ड) समुहले बिहिबार देशव्यापी आम हड्ताल गर्यो । आम हड्ताललाई सफल बनाउन पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । अधिकांश स्थानमा सुरक्षा कर्मीसँग घम्साघम्सी परेको छ । स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यसहित...
गेलका अगाडि सोमपाल फेल !
काठमाडौं । यूएईमा जारी टी १० क्रिकेट लिगमा नेपाली अलराउन्डर सोमपाल कामी निकै महंगो साबित भएका छन् । उनले प्रतियोगिताकै आफ्नो सबैभन्दा भहंगो ओभर फाले । आबुधाबी विरुद्ध मराठा अरेबियन्सबाट बलिङ गरेका कामीले २ चौका र ३ छक्का खाए र कुल २७ रन दिए । सोमपालको ओभरमा पल स्टर्लिङले...
कामना डिबेन्चरः वार्षिक ९ प्रतिशत ब्याज ढुक्क
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गतेबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । बैंकको ‘१० वर्ष, ९ प्रतिशत...
नयाँ संविधान जारि भएपछि बन्द-हड्ताल नगर्ने प्रतिबद्धता बिर्सनु भो ? : गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने गरि कुनै पनि प्रकारको बन्द, हड्ताल, जुलुस सभा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशकले नयाँ संविधान जारि भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने भनि गरेको...
देशकै सबैभन्दा ठूलो आईपीओ ल्याउने निफ्राको नाफा घट्यो (कारणसहित)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ । बैंकले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । चालु आवको दोस्रो त्रैमाससम्म बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो। गत...
नेकपा सर्लाही इन्चार्ज वाग्लेको शंकाष्पद निधन
काठमाडौं । नेकपाका सर्लाही जिल्ला इन्चार्ज दाचाराज वाग्लेको शंकाष्पद निधन भएको छ । जिल्लाको बरहथवा नगरपालिकामा नेकपाद्वारा आयोजित मसाल जुलुसमा सहभागी भइ कर्मैया तर्फ हिँडेका वाग्ले केही समयमै सम्पर्कबिहीन भएका थिए । रातको साढे ९ बजे मुर्तिया जंगलमा शव फेला परेको छ । उनी प्रचण्ड-नेपाल पक्षधर नेता हुन् ।










