समाचार

चखेल- मातातिर्थ जोड्ने सडक १५ दिन बन्द

हेटौँडा। मकवानपुर र काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ । मकवानपुरको महालक्ष्मी खोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो । बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका...

प्याब्सन मकवानपुरमा सुवेदी

हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र...

हेटौंडाका दुई ठुला विद्यालयको टोली बुटवलको कालिका माविमा

बुटवल । हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत (मर्ज) गर्दै मेघा विध्यालय बनाउने लक्ष्य सहितको टोलीले बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देल सहित आधुनिक मावीका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई,...

बाल गायक सचिन परियारको निधन

काठमाडौं । कुनै समयका भाइरल बाल गायक सचिन परियारको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित...

हेटौंडामा मनाइयो टोपी दिवस

हेटौंडा। नेपाली संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको धरोहरका रुपमा रहेको नेपाली टोपीको महत्व र गरिमालाई उच्च राख्दै १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस हेटौंडामा र्‍याली र विशेष कार्यक्रमसाथ मनाइएको छ । कार्यक्रमको आयोजना लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियल, लियो लाइन्स क्लब अफ हेटौंडा स्वर्णिम भविष्य र लियो जिल्ला...

मकवानपुरमा गैडाको आक्रमणबाट स्याङतान घाइते

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर खोला स्थित गैडाको आक्रमणबाट एक जना घाइते भएको छ । बुधबार बिहान ८:३० बजेको समयम मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर खोला नजिक घाँस काट्ने क्रममा चितवन राप्ती नगरपालिका वडा नम्बर १ दुबिचौर घर भएकी ७० वर्षीय दिलमायाँ स्याङतानलाई गैडाले...

मनहरीमा मान्छे मार्ने बाघ नियन्त्रणमा

हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका-५, बसन्तपुरमा मान्छे र बाख्रा खाएर जंगलतिर भागेको बाघलाई नियन्त्रण लिइएको छ । आफैंले मारेको सिकार खान फर्केको बाघलाई मंगलबार बेलुका नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । पुस १४ गते साँझ घाँस काट्न निस्केकी कान्छीमाया रुम्बालाई घरछेवैमा मारेको र...

मकवानपुरमा भव्यरुपमा मनाइयो तमु ल्होसार

हेटौंडा । मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो विशेष पर्वको रुपमा तमु ल्होछार मनाएका छन् । सोमवार हेटौंडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारकमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होछार मनाएका हुन् । तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले...

बाघको आक्रमणबाट मनहरीमा एक वृद्धाको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ५ बसन्तपुरमा आइतबार साँझ बाघले एक बृद्धालाई मारेको हो । घाँस काट्न बारीको छेउमा गएकी ७२ बर्षीया कान्छीमाया रुम्बा बाघको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्न गएको लामो समयसम्म पनि नफर्केपछि खोज्ने क्रममा गएका...

चाडपर्वहरू हाम्रा अमूल्य गहना हुन् : प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज सोमबार परेको तमु ल्होसारको अवसरमा शुभकामना व्यत्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले आज शुभकामना सन्देश प्रकाशन गर्दै नेपालको खासगरी पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने तमु अर्थात् गुरुङ समुदायको नयाँ बर्षको रूपमा मनाइने ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना व्यत्त...