समाचार

प्रहरीकै मिलेमतोमा हेटौंडामा गोरु तस्कर, जिल्लामा तानिए रातोमाटे चौकी इन्चार्ज

हेटौंडा। तस्करीको गोरुसहितको ट्रक स्कर्टिङ गरि जिल्ला नाका कटाएको आरोप लागेका मकवानपुरको रातोमाटे प्रहरी चौकीका इन्चार्जमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुरले छानबिन थालेको छ । आइतबार साँझ रातोमाटे प्रहरी चौकीको मिलेमतोमा २५ वटा गोरुसहितको ट्रकलाई पथलैया पुर्याइएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले आरोप लगाएका थिए ।...

हेटौंडा सिमेन्ट उद्योगको‘रोप–वे’ सवा ४ करोडमा बिक्री

हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ । उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन भन्दै उद्योग प्रशासनले लामो समयदेखि रोप–वे बिक्रीको प्रयास गर्दै आएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको उद्योगले विगतमा...

हेटौंडाको एन्टारटिक बिस्कुट विरुद्ध श्रमिकहरुको चरणबद्ध आन्दोलन

हेटौंडा । हेटौंडाको एन्टारटिक बिस्कुट प्राली विरुद्ध श्रमिकहरुले चरणबद्ध आन्दोलन गरेका छन् । परिक्षण अबधि सकीएका श्रमिकलाई श्रम ऐन बमोजिम स्थायी नियुक्ती गर्ने सहमती गरेको हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रालिले आफ्नै लिखीत प्रतिबद्धता विपरित श्रमिकलाई निष्कासन गरेपछि श्रमिकहरुले चरणबद्ध आन्दोलन सुरु गरेको हो । उद्योग प्रशासनले ९७ जना...

अनेरास्ववियु मकवानपुर क्याम्पस कमिटीको १२ बुँदे माग

हेटौंडा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख डा.यम बहादुर सिलवाललाई १२ बुँदे मागपत्र बुझाएको छ । आइतबार क्याम्पस संयोजक प्रसिद्ध रेग्मीको नेतृत्वको टिमले क्याम्पस प्रमुख सिलवाललाई माग पत्र बुझाएको हो । मागपत्रमा क्याम्पसका समसामयिक विषयलाई समेटेर...

हेटौंडाको राप्ती नदीबाट बारा र पर्सामा पानी आपूर्ति डिजाइनको लागि टेण्डर आह्वान

हेटौंडा । खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौंडाको राप्ती नदीबाट पर्सा र बारामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ। यसको लागि विभागले परामर्शदाताहरूबाट आशय पत्र (टेण्डर) आह्वान गरेको छ। खानेपानी मन्त्री प्रदीप यादवको परिकल्पना र पहलअनुसार विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूलाई एक सूचना प्रकाशित...

हेटौंडामा सवारी दुर्घटना: एकको मृत्यु, दुई घाइते

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा –११ थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मनहरी गाउँपालिका ६ खयरघारी कि ३५ वर्षीया पुजा बम्जन रहेकी छन् । शुक्रबार साँझ करिब ८ बजेको समयमा चितवनतर्फ जाँदै गरेको ना ४ ख....

जनयुद्ध दिवसमा नेकपा बहुमतद्वारा हेटौंडामा दिप प्रज्वलन

हेटौंडा । नेकपा बहुमतले हेटौंडामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा बहुमत मकवानपुरले आज दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । नेकपा बहुमत हेटौंडाका संयोजक सुमनको अध्यक्षतामा भएको कार्यक्रममा बहुमतका केन्द्रीय सल्लाहकार समिती सदस्य धावाको प्रमुख आतिथ्यता रहेको थियो ।...

हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिएको छ । बिहीबार एक समारोहकाबीच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेको हो । बालमैत्री घोषणा सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले बालबालिकाको सर्वाङ्गिण विकासको लागि राज्यसँगै...

हेटौंडामा “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ महायज्ञ सुरु

हेटौंडा। ग्रामिण जीवनस्तर मञ्चले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा संचालन गर्दै आईरहेको “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ आजबाट हेटौंडामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको सुरुवात भएको छ । २०६५ सालबाट संचालनमा आईरहेको बालगृहलाई थप व्यवस्थित र दिगोपन बनाउनको लागि अक्षयकोष स्थापनार्थ सुरु भएको महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृती तथा पर्यन...

मकवानपुरको बागमतीमा बिहिवार सार्वजनिक बिदा

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि (बिहिवार) फाल्गुन १ गते सार्वजनिक विदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार एक सूचना जारी गर्दै  जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्। बुधबार बसेको...