अनेरास्ववियु मकवानपुर क्याम्पस कमिटीको १२ बुँदे माग

अखबार हब
२०८१ फाल्गुन ४, आईतवार १५:११

हेटौंडा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुख डा.यम बहादुर सिलवाललाई १२ बुँदे मागपत्र बुझाएको छ ।

आइतबार क्याम्पस संयोजक प्रसिद्ध रेग्मीको नेतृत्वको टिमले क्याम्पस प्रमुख सिलवाललाई माग पत्र बुझाएको हो ।

मागपत्रमा क्याम्पसका समसामयिक विषयलाई समेटेर मागपत्र बुझाइएको क्याम्पस कमिटीका सदस्य निशान्त भण्डारीले जानकारी गराए ।

कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटी सदस्य भूपेन्द्र राना, जिल्ला कमिटीका उपाध्यक्ष नवराज शर्मा, शिव पुलामी, जिल्ला कमिटी सहसचिव जस्प्रीता अधिकारी, जिल्ला कमिटी कोषाध्यक्ष ईशा पाख्रिन, स्ववियु कोषाध्यक्ष हिमानी सुवेदी,स्ववियु सदस्य अभिषेक दाहाल लगायतको उपस्थिति रहेको थियो ।

मागहरु : 

१. क्याम्पसभित्र स्वस्थ एवम् स्वच्छ वातावरण निर्माण गर्न नियमित सरसफाईको व्यवस्था संगै हरेक कक्षा कोठामा डस्टबिनको व्यवस्था गरियोस् ।

२. हरेक ब्लकको तलाहरुमा युरो गार्ड सहितको स्वच्छ खानेपानिको प्रबन्ध गरियोस् ।

३. क्याम्पसको शुल्क महशुल बुझाउने व्यवस्थालाई प्रविधिको प्रयोग फोनपे बाटै सरल तरिका पेमेन्ट गर्ने प्रणालीको प्रयोग गरियोस ।

४. सबै संकाय तहमा सम्बन्धित विषय सम्बन्धि स्किल डेभलपमेन्टका कोर्स संचालन गरियोस । जस्तै : डजिटल मार्केटिंग, लिडरशिप डेभलपमेन्ट ।

३. स्नातक तहको तेश्रो बर्ष र अन्तिम बर्षको हुने शैक्षिक भ्रमणको क्याम्पसले दिने सहयोग रकम समयानुकुल बनाई बृद्दि गरियोस ।

६. क्याम्पसका हरेक कार्यक्रम पार्टी प्यालेसमा हुने गरेको बाध्यतालाई अन्त्य गर्न क्याम्पसमा व्यवस्थित र अत्याधुनिक हलको निर्माणको पहल गरियोस ।

७. डिजिटल क्लासरुमको व्यवस्था गरियोस ।

८. लाइब्रेरिमा हुने किताबको सहज व्यवस्थापन गरियोस ।

९. विद्यार्थीलाई आइ.डि कार्ड नपाउने गुनासो रहेको हुँदा आइ.डि कार्ड समयमै र गुणस्तरीय कार्ड प्रधान गरियोस ।

१०. लाइब्रेरिको धरौटी रकमको पारदर्शिता नभएको गुनाशो रहेकोले त्यसको पारदर्शिताका निम्ति आवश्यक योजना गरियोस ।

११. सेनेटरी प्याड भेनडिंग मेशिन व्यवस्थापन गरि प्रभाबकारी ढंगले संचालनमा ल्याइयोस ।

१२. पहिलो बर्षको कक्षा सुरु भैसकेको तर पुस्तकको अभाब रहेको हुँदा यथासिग्र किताबहरु उपलब्ध गरियोस ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*