समाचार

हेटौंडाबाट पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ

हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका –१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटे र अस्थाई प्रहरी पोस्ट हरियालीबाट खटिएको संयुक्त टोलीले भारत बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने...

चौतारी बागमती प्रदेश कमिटीको अध्यक्षमा रिमाल, महासचिवमा दाहाल

हेटौंडा । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा तिलकराम रिमाल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको नारायणगढमा आईतवार सम्पन्न अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा प्रज्वल पौडेल, उपाध्यक्ष (महिला) मा तारा बस्नेत, महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल,...

लागुऔषध नाइट्राभेटसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागुऔषध नाइट्राभेट एक हजार १८९ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ बस्ने २६ वर्षका प्रेमप्रसाद दाहाल र २२ वर्षकी निकिता पुडासैनी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट एक हजार १८९ ट्याब्लेट नाइट्राभेट फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी...

राक्सिराङको देविथान विद्यालयको नयाँ भवन शिलान्यास

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका -९ स्थित खैरानमा रहेको देविथान आधारभूत विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको खैरान स्थित सलेनी अवस्थित विद्यालयको नयाँ भवन शुक्रबार नेकपा (एमाले)का मुख्य सचेतक महेश कुमार बर्तौलाले शिलान्यास गरेका हुन् । भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्य सचेतक बर्तौलाले भवन निर्माण सप्पन्न...

सानोपोखरामा घरको छतबाट खस्दा एकको मृत्यु

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा- ५ सानोपोखरामा घरको छतबाट खस्दा एक पुरुषको मृत्यु भएको छ । शुक्रवार बिहान हेटौंडा -५ स्थित सानोपोखराका हरी लामिछानेको घरमा केही दिन देखि बस्दै आएका  चितवन कालिका नगरपालिका वडा नम्बर- ६ खोलेशिमल बस्ने अन्दाजी ६० वर्षीय गोबिन्द अधिकारी घरको छतबाट खस्दा गम्भीर घाइते भएका थिए...

हेटौंडाको एन्टारटिक बिस्कुट विरुद्धको आन्दोलन स्थगित

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित एन्टारटिक बिस्कुट प्राली विरुद्धको मजदुरहरुको आन्दोलन स्थगित भएको छ । उद्योग व्यबस्थापन र श्रमिकहरु बीच गैरकानुनी ढङ्गले निष्कासन गरिएका श्रमिकहरुको पुनर्बहाली गर्ने सहमति भएसँगै आन्दोलन स्थगित भएको हो । बिहिबार श्रम कार्यालय हेटौंडामा उद्योग व्यबस्थापनसँग भएको वार्ताले उद्योगको निष्कासनमा परेका ९६ श्रमिकलाई पुनर्बहाली...

भीरबाट लडेर मकवानपुरका पाख्रिनको मृत्यु

हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । थाहानगरपालिका वडा नम्बर-५ नलिबन बस्ने ३२ बर्षिय राजकुमार पाख्रिनको भीरबाट लडेर मृत्यु भएको हो । बुधबार बेलुका थाहानगरपालिका वडा नम्बर – ८ दामगढी स्थित माईला ससुरा अमरबहादुर थिङको छोरीको बिवाहको भोज खाई फर्जदै गर्दा थाहा – ७...

खेलकुद महोत्सवका विजयीलाई पुरस्कार वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ नं वडा कार्यालयद्वारा आयोजित दोस्रो खेलकुद महोत्सव २०८१ को पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम भएको छ । बुधवार ४ नं वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाको व्यवस्थापनमा कार्यक्रम भएको हो । माघ ९ गतेदेखि सुरु भई फागुन ५ गतेसम्म सञ्चालन भएको...

बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घिमिरे

हेटौंडा । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरको अध्यक्षमा घनश्याम घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । आज हेटौंडामा भएको परिषद्को १० औं अधिवेशनले घिमिरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले परिषद्को उपाध्यक्षमा सङ्गम चौलागाईं, सचीवमा दिपक अधिकारी, सहसचिवमा काजिराम मोक्तान र समुन्द्र खनाललाई चयन गरेको छ ।...

प्रजातन्त्र दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमख दीपक प्रसाद देवकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । आज बुधबार राष्ट्रिय  प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश प्रकाशन गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहेकाहरुलाई शुभकामना व्यक्त गरेका हुन् । ‘दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना...