समाचार

क्युपेक मकवानपुरको आठौं जिल्ला अधिवेशन फागुन २ गते

हेटौंडा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल मकवानपुर शाखाको आठौं जिल्ला अधिवेशन फागुन २ र ३ गते हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर क्युपेकका अध्यक्ष प्रल्हाद राईले अधिवेशनबारे जानकारी गराएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को शसक्त घटक...

भोलि हेटौंडाका सबै शैक्षिक संस्था बन्द

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका शैक्षिक संस्था भोलि बन्द हुने भएका छन् । बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम हुने भएकाले उपमहानगर भित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक सस्था बन्द हुने जनाएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै भोलि फागुन १ गते  बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम...

लागूऔषध अफिमसहित राक्सिराङबाट दुई जना पक्राउ

हेटौंडा । लागूऔषध अफिमसहित मकवानपुरको राक्सिराङबाट दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले दुई किलो १४० ग्राम लागूऔषध अफिमसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । मंगलबार साँझ राक्सिराङ गाउँपालिका वडा ५ बोटबारी स्थित पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा लागूऔषध अफिमसहित नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ...

लागूऔषध खैरो हेरोईनसहित हेटौंडाबाट तीन जना पक्राउ

हेटौंडा । लागूऔषध खैरो हेरोईनसहित हेटौंडाबाट तीन जना पक्राउ परेको छ । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १ झोलुङ्गे पुल नजिकको चिया पसलबाट लागुऔषध खैरो हिरोईनसहित तीन जना युवकलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साझ हेटौंडा-१ झोलुङ्गे पुल...

उठ्नथाल्यो हेटौंडा बजार क्षेत्रको फोहोर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रको फोहोर उठ्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनसम्बन्धमा दायर रिट निवेदन उच्च अदालत पाटन हेटौंडा इजलाशले खारेज गरिदिए सगै फोहोर उठ्न थालेको हो । मंगलबार न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिए पछि तत्काल बजार क्षेत्रको फोहोर व्यवस्थापनमा...

मकवानपुरमा ग्यास बुलेट पल्टियो

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ त्रिखण्डिमा ग्यास बुलेट पल्टिएको छ । आइतबार बेलुका ८ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत भिमफेदी १ त्रिखण्डि नजिक ग्यास बुलेट पल्टिएको हो । हेटौंडा बजार तर्फबाट भैसे तर्फ जादैँ गरेको NL01K1197 नं.को १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी सडकको...

स्थलगत अवलोकनमा वन मन्त्री सिलवाल

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले मन्त्रालय अन्तरगर्तका कार्यालयले गरेको कामहरुको स्थलगत अवलोकन गरेका छन् । आईतवार मन्त्री सिलवालले भू तथा जलाधार ब्यवस्थापन कार्यालय मकवानपुरले बागमती गाउँपालिकाको विभिन्न वडाहरुमा आफ्ना कार्यालयहरुले गरेको काम तथा योजनाको कार्यन्ययनको स्थितीबारे बुझ्न स्थलगत अवलोकन गरेका हुन् । अवलोकनको...

कविता प्रतियोगितामा ब्रम्हदिककी कुस्मा प्रथम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको संयोजनमा सुरु भएको दोस्रो वडा खेल महोत्सव अन्तर्गत आज भएको कविता प्रतियोगितामा कुस्मा लौडारी प्रथम भएकी छिन् । हेटौंडा- ४ स्थित ब्रम्हदिक एकेडेमीको व्यवस्थापनमा भएको कविता प्रतियोगितामा ब्रम्हदिक एकेडमीकि लौडारी प्रथम भएको हो । प्रतियोगितामा भुटनदेवी...

हेटौंडामा डेढ महिनामा सयभन्दा बढी खानेपानीको मिटर चोरी

हेटौंडा । हेटौंडामा खानेपानी ग्राहकका मिटरको चोरीको घटना बढेको छ । डेढ महिनाको अवधिमा करिब एक सयभन्दा बढी खानेपानीका मिटरहरु चोरी भएका छन् । घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरहरुले पाइपबाट खोलेर लैजाने गरेका छन् । पुस महिनादेखि नै खानेपानीका मिटर चोरी हुन थालेको हो । ‘पुस महिनामा पनि...

प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दाहालको नेतृत्व

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरको नबौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेसनको बन्दसत्रले सरिता दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रेस चौतारी मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा दाहाल सर्वसम्मत चयन भएका हुन् । यस्तै, उपाध्यक्षमा पुरुषतर्फ शिव चौलागाईँ र महिलातर्फ प्रतिक्षा...